पहिरो हटाउन बुटवल–पाल्पा सडक बन्द हुने

मेचीकाली संवाददाता

१७ भाद्र २०७८, बिहीबार
834 shares
तस्वीरः बसन्त घर्ती

बुटवल । बुटवल–पाल्पा सडक बिहीबारदेखि दुईदिनसम्म दैनिक ११ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ तल्लो डुम्रेमा गएको पहिरो हटाउन बिहीबार र शुक्रबार दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

त्यस अवधिमा अत्यावश्यकबाहेक अन्य सवारी साधनलाई पूर्णरूपमा रोक लगाइएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मेचीकालीलाई बताए । दिउँसोको समयमा भने सडक नियमित सुचारु हुने छ ।