शिलान्यास भएको एक दशकपछि बन्यो आश्रयस्थल

मेचीकाली संवाददाता

१७ भाद्र २०७८, बिहीबार
438 shares

कपिलवस्तु । पूर्व प्रधानमन्त्री शुसिल कोइरालाले एक दशक अघि शिलान्यास गरेको कपिलवस्तु कांग्रेसको जिल्ला कार्यलय भवन निर्माण शेरबहादुर देउवाको पालामा समापन भएर समुद्घाटन गरिएको छ । कपिलवस्तुको तौलिहवामा नव निर्मित बिपि स्मृति भवनको प्रधानमन्त्री शेर बहादुर देउलाले उद्घाटन गरेका हुन् । जुम मिटिङ मार्फत उनले बिपि स्मृत भवन तथा नेपाली कांग्रेस कपिलवस्तुको नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।

सो अवसरमा सम्बोधन गर्दै उनले नव निर्मित भवनलाई एकताको भवनकारुपमा स्थापित गर्नुपर्ने बताए । उनले बिगत केही वर्ष यता जिल्ला जिल्लामा भवन निर्माण लहर चलेको बताउदै आउन लागेको स्थानिय निकायको निर्वाचनमा सबै पार्टी कार्यकर्ताहरु एकबद्ध भई कांग्रेसको उम्मेदवारलाई जिताउन अपिल गरे । कार्यक्रममा कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले नव निर्मित भवन भित्र कांग्रेस र प्रजातन्त्रको आत्मा हुुन पर्ने औंल्याए ।

मुुलुक प्रजातान्त्रिक अभ्यासमा अघि बढीरहेको भन्दै संविधान र प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काधमा आएको बताए । अहिलको स्थितिमा कांग्रेस एकबद्ध भई सशक्तरुपमा अघि बढ्नु पर्ने बताउँदै जनतामा नेता र राजनीतक दल प्रति निराशा बढदै गएको भन्दै त्यो निराशालाई आशामा बदल्नु पर्ने स्पष्ट पारे । प्रधानमन्त्री देउवाको निर्देशनमा पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यले शिलालेखमा राखिएको ब्यानरको उद्घाटन गरेका थिए ।

२०४६ साल देखि पार्टी कार्यालय भवन भाडामा रहेदै आएको थियो । २०६८ चैत २९ गते पुर्व प्रधानमन्त्री सुशील कोईरालाले भवनको शिलान्यास गरेका थिए । भवनको अहिले सम्मको लागत एक करोड १२ लाख ६२ हजार रहेको छ । पहिलो तला निर्माण भई दोश्रो तल अझै निर्माणधीन छ । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा सांसद अतहर कमाल, सासद तथा बैकल्पीक केन्द्रिय सदस्य अभिषेक प्रताप शाह, केन्द्रिय सदस्य राजेश सिंह, प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडिया, पुर्वं पार्टी सभापतिहरु राजेश आचार्य, सुधारक पाण्डेय, कमलेश कुमार शर्मा, पार्टी उप सभापति अब्दुल कलाम खाँ, नेता गिरीजेश कुमार पाण्डेय लगायतको सहभागीता थियो ।