आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

मेचीकाली संवाददाता

१८ भाद्र २०७८, शुक्रबार
709 shares

काठमाडौं । आज चार प्रदेशका एकदुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आज दिउँसो वाग्मती, गण्डकी, प्रदेश नं १ र प्रदेश २ का एक्दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

राति पनि वाग्मती र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

मौसमविद्का अनुसार अहिले लुम्बिनी प्रदेश सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पानी परिरहेको छ । काठमाडौं उपत्यकासहित धेरै ठाउँमा आज मौसम धुम्म रहनेछ ।

बेलुकापछि भने काठमाडौं उपत्यकामा हल्का पानी पर्नसक्ने अनुमान गरिएको छ ।