कांग्रेसको वडा अधिवेशन, धेरै वडामा सर्वसम्मत

मेचीकाली संवाददाता

१९ भाद्र २०७८, शनिबार
675 shares

बुटवल। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकको अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार शुक्रबार रुपन्देही जिल्लामा वडा अधिवेशन भएको छ ।

जसअन्तर्गत क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिकाका अधिकांश वडामा सर्बसम्मत नेतृत्व चयन भएको छ । बुटवल वडा नं. १ मा ज्ञानु लिगललाई सभापतिमा चयन गरिएको छ । उक्त वडामा कार्यसमितिसहित क्षेत्रीय प्रतिनीधि पनि सर्वसम्मत रुपमा चयन गरिएको छ । त्यस्तै वडा नं. २ मा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ भने वडा सभापतिमा सन्तोष श्रेष्ठ र धना लामाको उम्मेदवारी परेको छ । बुटवलको वडा नं. ३ को सभापतिमा रामकृष्ण पछाई र कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।

त्यस्तै वडा नं. ४ मा अरुणकुमार श्रेष्ठलाई सभापतिमा सर्वसम्मत चयन भएका छन् । बुटवल उपमहानगरपालिकाको वडा नं. ५ को सभापतिमा दिपकप्रसाद श्रेष्ठसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै वडा नं. ६ को सभापतिमा ताराप्रसाद ज्ञवाली र कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ भने वडा नं. ७ को सभापतिमा दिनानाथ गिरीसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ । वडा नं. ८ को सभापतिमा यज्ञप्रसाद पंगेनीसहित कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । वडा नं. ९ मा सर्वसम्मतको प्रयास भइरहेपनि कुरा मिल्न सकेको छैन । वडा नं. १० को सभापतिमा क्याप्टेन कृष्ण थापालाई चयन गरिएको छ ।

उक्त वडामा पनि कार्यसमितिसहित क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको छ । जनसंख्याका हिसाबले बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा नं. ११ को सभापतिमा जीतबहादुर मल्ललाई सर्वसम्मत रुपमा चयन गरिएको छ । वडा नं. ११ मा कार्यसमितिसहित क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन गरिएको निवर्तमान सभापति चित्रबहादुर बर्माले बताए । वडा नं. १२ मा भने सहमति हुन सकेको छैन । वडा नं. १३ मा सर्वसम्मत रुपमा पुनः पुरुषोत्तम बस्याललाई चयन गरिएको छ ।

वडा नं. १४ को सभापतिमा नरबहादुर मल्ललाई सर्वसम्मत रुपमा चयन गरिएको छ । उक्त वडामा कार्यसमितिसहित क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत रुपमा चयन गरिएको हो । वडा नं. १६ को सभापतिमा कृष्णप्रसाद पौडेलसहित सबै पदमा निर्विरोध चयन गरिएको छ । त्यस्तै वडा नं. १७ को सभापतिमा ओमबहादुर घिमिरेसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरिएको छ । वडा नं. १८ को सभापतिमा हुमराज ढकाललाई सर्वसम्मत चयन गरिएको छ ।

उक्त वडामा पनि क्षेत्रीय प्रतिनिधि तथा कार्यसमितिमा सर्वसम्मत चयन गरिएको हो । वडा नं. १९ को सभापतिमा टिकाराम पाण्डेलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । त्यो वडामा पनि क्षेत्रीय प्रतिनीधि तथा कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचित सभापति पाण्डेले बताए ।