अर्घाखाँची दुर्घटना अपडेटः एक जनाको मृत्यु, ८ घाइते

मेचीकाली संवाददाता

१९ भाद्र २०७८, शनिबार
671 shares

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा शनिबार बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् ।

काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको माइक्रोबस बिहान ५ बजेको आसपासमा शीतगङ्गा नगरपालिका वडा नम्बर ३ ठाडामा दुर्घटना भएको हो । दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए ।

घाईते हुनेमा सनपा ११ का समीक्षा शाह, सनपा २ कि सीता मुखिया, मालारानी ५ का गंगा बहादुर पन्थि, भूनपा १ का श्याम बहादुर नेपाली, सनपा १२ का गाेविन्द बस्याल, सप्तरी जिल्लाका राेहित कुमार शाह, भूनपा १ का लाेक बहादुर नेपाली र भुनपा ८ का केशव खत्री रहेका छन् । दुर्घटनामा हाइस चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडेकाे अवस्था सामान्य रहेकाे जनाईएकाे छ ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । घाइते छ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख थापाको भनाइ छ ।