प्रभासमा मालवाहक ट्रक दुर्घटना

मेचीकाली संवाददाता

१९ भाद्र २०७८, शनिबार
1061 shares

बुटवल । पाल्पाको तानसेन नगरपालिका–७, प्रभासमा मालवाहक ट्रक दुर्घटना भएको छ । भैरहवाबाट गुल्मीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको मालवाहक ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान ९ बजेतिर उक्त ट्रक दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति नभए पनी ट्रकमा भने क्षती पुगेको छ । घटनाको थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ । ट्रक सडकदेखि २० मिटर तल खोलामा खसेको छ ।