एमाले बुटवल–२ को विस्तारित बैठक सम्पन्न

मेचीकाली संवाददाता

१९ भाद्र २०७८, शनिबार
661 shares

बुटवल । नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर २ को बिस्तारित बैठक शनिबार सम्पन्न भएको छ । शाखा अध्यक्ष नारायण अर्यालको अध्यक्षता तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एंव शाखाको निर्देशक गुमादेवी आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो अवसरमा बोल्दै आचार्यले एमाललाई सशंक्त बनाउदै आउँदो तीनै तहको निर्वाचनमा पहिलो शक्तिका रूपमा उदाउने बताइन । एमाले विभाजन नभएको बताउँदै बुटवल उपमहानगरपालिकाका उपप्रमुख समेत रहेकी आचार्य केही नेता चोइटिएर गएको बताइन् ।

उनले केही नेताले पार्टी छाडदैमा एमालेलाई असर नपर्ने दावी गरिन् । कार्यक्रममा एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले पार्टीको संगठन सुदृढीकरण गर्न सबै जुटनुपर्ने बताए । पन्थीले संगठनात्मक क्षेत्रमा एमाले एक रहेको बताए ।

बैठकमा टोल भेला, टोल कमिटी पुनःगठन, मतदाता नामावली अध्यावधिक, संगठन निर्माण र सुदृढीकरण, छुटेका संगठित सदस्यको नविकरण लगायतका विषयमा व्यापाक रूपमा लाग्ने बैठकमा छलफल भएको शाखा इन्चार्ज गौतमलाल शाक्यले जानकारी दिए ।

कार्यक्रममा सल्लाहकार, क्षेत्रीय कमिटी सदस्य, नगर कमिटी सदस्य, नगर सल्लाहकार, जनवर्गीय संगठनका सदस्यहरू सहभागी थिए । कार्यक्रममा वडा अध्यक्ष रमेश प्रसाद नेपाल, शाखा सचिव सावित्रा पन्थी, लिलाधर लुइँटेल लगायतले बोलेका थिए ।