सुनचाँदीको मूल्य घट्यो

मेचीकाली संवाददाता

१६ असार २०७८, बुधबार
797 shares

काठमाडौं, असार १६ । नेपाली बजारमा आज सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार र तेजाबी प्रतितोला ८९ हजार ५५० रुपैयाँमा किचबेच भइरहेको छ ।

मंगलबार छापावाल सुन तोलाको ९० हजार ६ सय र तेजाबी सुन ९० हजार १०० रुपैयाँ थियो। यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।