नेपाली काङ्ग्रेस सियारी वडा नम्बर ६ को अधिवेशन

मेचीकाली संवाददाता

१९ भाद्र २०७८, शनिबार
499 shares


तुलसी राम पौडेल
सियारी, भाद्र १९
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर ६ को वडा अधिवेशन शुक्रबार सर्वसम्मत सम्पन्न भयो।
सम्पन्न नेपाली काङ्ग्रेस वडा नम्बर ६ को कृयाशिल सदस्यहरुको भेलाले नेपाली काङ्ग्रेस वडा समितिको सभापतिमा मिन बहादुर रोका सर्वसम्मत निर्वाचित हुनुभएको छ ।त्यसै गरी वडा समिति उपसभापतिमा रिता शर्मा र टिका रानाभाट , सचीवमा भेषराज आचार्य र राजन चौधरी , सहसचिवमा भोजराज सुवेदी र मैना रानाभाट सर्वसम्मत निर्वाचित हुनुभएको छ। वडा समितिको सदस्यहरुमा राम केवल यादव ,केशव राम थारु ,सुरेश बनिया, धनमाया ढुंगाना ,यमकला थारु र नन्दकला अर्याल सर्वसम्म निर्वाचित भएका छन् ।
क्षेत्रीय समितिको खुला सदस्यहरुमा सुर्यनारायण यादव ,खिमनाथ सापकोटा ,सुरज ज्ञवाली ,रत्न बहादुर पौडेल ,धर्मेन्द्र थापा र चैतु तेली निर्वाचित भएका छन् ।खुला महिला तर्फ सरस्वती भट्टराई ,टिका थापा ,मिठु पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।त्यसै गरी आरक्षण आर्य खस तर्फ भिम बहादुर थापा र शान्ति पौडेल , मधेसी तर्फ हुमा कुमारी यादव र निख्लेश बनिया ,थारु तर्फ रमेश चौधरी र रमा थारू ,दलित तर्फ बुद्धि राम हरिजन ,मुस्लिम तर्फ शेष मोहम्मद खा ,आदिवासी तर्फ गोमन गुरुङ निर्वाचित भएका छन् ।