खिल्जी–रुपन्देही सम्पर्क समाजद्वारा पहिरोपीडितलाई सहयोग

मेचीकाली संवाददाता

१९ भाद्र २०७८, शनिबार
369 shares

बुटवल। अर्घाखाँची खिल्जी–रुपन्देही सम्पर्क समाजले पहिरोपीडितलाई आर्थिक सहयोग गरेको छ । यही भदौ ११ गते अविरल वर्षासँगै आएको पहिरोले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका खिल्जी घरभई हाल बुटवल उपमहानगरपालिका–३, गोलपार्कमा बस्दै आएका थानबहादुरको पुनको घर पुर्दा भौतिक तथा अन्य संरचनामा क्षति भएकाले उनलाई राहातस्वरुप उक्त समाजले सहयोग गरेको हो ।

शनिबार एक कार्यक्रमका बिच २८ हजार १ सय रुपैयाँ प्रदान गरिएको संस्थाका अध्यक्ष यमप्रसाद गैरेले बताए । साथै उक्त कार्यक्रममा संस्थाका सल्लाहकार डा. नारायण बेल्वासे, संरक्षक निर्मला बेल्वासे, लेखा समितिका विज्ञ सदस्य ठाकुर बेल्वासे तथा सदस्य नेत्र बस्नेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष यमप्रसाद गैरेले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताए । खिल्जी–रुपन्देही सम्पर्क समाजले यस अघिपनि बिभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।