नेपाली काङ्ग्रेस शुद्दोधन -३ को वडा अधिवेशन

मेचीकाली संवाददाता

२० भाद्र २०७८, आईतवार
1245 shares


तुलसीराम पौडेल —
फर्साटिकर, भाद्र १९
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत रुपन्देहीको नेपाली काङ्ग्रेस शुद्दोधन -३ को वडा समितिको अधिवेशन सम्पन्न भयो ।
खुला पुरुष क्षेत्रीय प्रतिनिधि बाहेक अरु सबै सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेस शुद्दोधन -३ को वडा सभापतिमा रामप्रसाद पाण्डे सर्वसम्मत निर्वाचित हुनु भएको छ।वडा समितिको उपसभापतिमा टेकनाथ पङ्गेनी र सालिग्राम अधिकारी ,सचीवमा सागर खनाल ,सहसचिवमा नारायण भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । वडा समितिको सदस्यहरुमा नेत्रलाल कंडेल ,बिष्णु प्रसाद चापगाई ,जिवलाल आचार्य ,हेमन्त अधिकारी,टिकाराम अधिकारी,देवनारायण चौधरी र शिवराज गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।
क्षेत्रीय प्रतिनिधि महिला खुला तर्फ सन्जु चापगाई ,रिता अर्याल र गोमा खनाल ,खस आर्य पुरुष तर्फ भवेस्वर खनाल ,आर्य महिला तर्फ निर्मला भुसाल सर्वसम्मत निर्वाचित भएका छन् ।
मधेसी आदिवासी जनजाति तर्फ मन्जित यादव र टिका बहादुर राना ,थारु पुरुष तर्फ बेचु थारु ,थारु महिला तर्फ कमला थारु सर्वसम्मत निर्विरोध निर्वाचित भएका छ्न ।
क्षेत्रीय प्रतिनिधि खुला पुरुष तर्फ सहमति हुन नसकेपछि मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको थियोे । मतदान प्रक्रियाबाट रमेश खनाल ,टंक अधिकारी,रामजी पौड्याल ,प्रजापति अधिकारी,भुपराज गैरे र महेन्द्र गौतम क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।