न्यायको पर्खाइमा द्धन्द्ध पीडित परिवार

मेचीकाली संवाददाता

६ फाल्गुन २०८१, मंगलवार
77 shares

रीमा बि.सी
न सकिन्छ गरि खान न सकिन्छ मरि जान बुढेसकालैमा हो हो बुढेस कालैमा । बुद्धभुमी नगरपालिका–१ पचकैयाका पटवरी प्रसाद थारु, सावित्री थारुको अवस्था अहिले यही गीतको जस्तै भएको छ । पटवारी थारु र सावित्री थारु अहिले ७३ वर्षको हुनुभयो । बुढेसकालमा छोराले रेखदेख गर्ला परेको बेला काध थाप्ला, तिर्थ वर्त गराउला भन्ने वेलामा २० वर्ष अगाडी छोरा गुमाएर छोराको किरिया कर्म आफै गरेका पटवारी र सावित्रीको पीडा हो यो । अहिले गीतले भनेजस्तै पटवारीको अवस्था पनि उस्तै छ । पटवारीका तीन छोरी र एक छोरा हुनुहुन्थ्यो सामान्य परिवार सबै राम्रै चलेको थियो । पटवरीका छोरा रामेश्वर सिंह थारु सशस्त्र प्रहरीमा प्रहरी जवानमा भर्ती हुनुहुन्थ्यो । रामेश्वरका दुई छोरी र पत्नी हुनुहुन्थ्यो । रामेश्वरको जागिर अछामको मंगलसेनमा थियो । परिवारमा सबै राम्रै चलेको थियो । २०६१ साल असार १० गते डिउटीमा रहेका बेला दोहोरो भिडन्तमा रामेश्वरको मृत्यु भयो । मृतकका बुवा पटवारीले भन्नुभयो “बुढेसकालको सहारा बन्ला भन्ने थियो, काज किरिया गर्ला भन्ने थियो झन छोराको काज किरिया मैले गर्नु प¥यो । उसैले छिटै छोडेर गयो ।” आँखाभरी आसु टिलपिल पार्दे भन्नुभयो ।

यति छिट्टै छोडेर जान्छ जस्तो लागेको थिएन् । के गर्नु भाग्य यस्तै भएर त होलानी गम्छाले आँसु पुछ्दै केही बेर वोल्नै सक्नुभएन् । सामान्य परिवार खेती किसानी गरेर जीविका चलाइरहेको परिवार छोरा प्रहरीमा भर्ती हुँदा निक्कै खुशी थियो यो परिवार । २० वर्षका रामेश्वरको जागिरको समय डेढ वर्ष मात्र भएको रहेछ । थारु परिवारको यो खुशी धेरै समय टिक्न सकेन् । पत्नी शान्तिको सिन्दुर पोते छुरा खोसियो, साना नावालक छोरीहरु अभिभावक विहिन भर टुहुरा भए, पटवारीको बुढेसकालको सहारा भाचियो घरको धुरी खाँबो ढल्यो । परिवारको सबै खुशी लुटियो । रामेश्वरको मृत्यु हुँदा जेठी छोरी ४ वर्षकी र कान्छी छोरी एक वर्षका मात्रै थिए ।

रामेश्वरकी जेठी छोरी उर्मिला भन्नुहुन्छ “बावाको मृत्यु भएपछि हामीलाई आफन्तबाटै धेरै हेला र भेदभाव भयो । यति धेरै कुरा काटियो । बाटोमा हिड्दा पनि हेपेर बोल्ने गर्थे ।” मेरा हजुर बालाई त छोरा मरयो यो बुढाले पैसा बुझ्छ भन्थे । कसैले कार्यक्रममा बोलाएर जाँदा पनि रिस गर्थे । हामीले त्यतिखेर धेरै पीडा सहियो मेडम । आँखामा आँसु टिलपिल गर्दे दुखेशो पोख्नुभयो । दुखदको वेला ढाडस दिनेभन्दा पनि कुरा काट्ने र हेप्ने, नभएका आरोप लगाउने बुढो मरेको छ खुबै कार्यक्रममा डुलेकी छ भन्थे। धेरै पीडा सहियो हजुर बा र हजुरआमाले धेरै दुख कष्ट गरेर हामीलाई हुर्काउनुभयो उर्मीलाले मलिन स्वरमा भन्नुभयो ।

उर्मिला अहिले विए दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । आफु सानो हुँदा आफुले आफन्तहरुबाट पाएको हेपाई गाली र कुरा काट्नेहरुलाई आफुले केही गरेर आफ्नो बाबुको सपना पूरा गर्न पाए हुन्थ्यो भन्ने लाग्छ उर्मिलालाई । पीडाको समयमा मलम लगाउनुभन्दा पनि कुरा काट्ने समाज र अपहेलना गर्ने आफन्तहरुलाई केही गरेर देखाउनुछ उर्मिलाले भन्नुभयो । आफुलाई विना कारण हेपाई खानुपर्दा र अवसरमा समेत विभेद गरेको देख्दा निकै दुख्ख लाग्ने गरेको उर्मिला बताउनुहुन्छ । उर्मिला भन्नुहुन्छ “म्यादी प्रहरीमा भर्नाको लागि गएकी थिए, सबै कुरामा पास भएपनि आफ्नो मान्छे नभएकै कारण म्यादी प्रहरी हुन नसकेको र आफुलाई अवसरबाट बञ्चित गरेको बताउनुभयो ।

पटवारी र सावित्री भन्नुहुन्छ । सरकारले अहिलेसम्म ७ लाख ५० हजार राहत दियो ।, सशस्त्र प्रहरी जवान रहेका अहिले एकतह बढाएर सहायक हवल्दारको पेन्सन दिएको छ ।’ अहिले पटवारीले बैंकमै पेन्सन दिएको छ ।” आँखाभरी आँसु बगाउदै भन्नुभयो । सरकारले रामेश्वरका छोरी १८ वर्ष नपुगुन्जेल बार्षिक १० हजारका दरले छात्राबृत्ति दिएको थियो । पटवारी र उर्मिलालाई अहिलेसम्म पनि द्धन्द्ध पीडित परिवारले न्याय नपाएकोमा र सधै द्धन्द्ध पीडित भनेर बेला बेलामा ओभाई सकेको घाउ कोट्याउदा असाध्यै पीडा हुन्छ । पीडित परिवारले अहिलेसम्म जम्मा ७ लाख ५० हजार मात्र राहत पाएका र अन्य पीडितले १० लाखसम्म पाउँदा हामीले किन नपाएको होला यो विषयमा बुझिदिनुहुन इन्सेकलाई आग्रह गर्नुभयो ।

रामेश्वरकी पत्नी शान्ति थारु भने पतिको मृत्यु पछि जेठो छोरी १० वर्षकी भएपछि अर्को विवाह गर्नुभयो । आमाले अर्को विवाह गरेर गएपछि दुई नातिनीहरुको पालन पोषण रेखदेख शिक्षा स्वास्थ्य सबै हजुरबा हजुरआमाले गर्दे आउनुभएको छ । पटवारी र सावित्रीलाई नातिनीहरुलाई बुवाआमाको कमी भएको महशुश नगराउन पाए हुन्थ्यो भन्ने लाग्छ । बुढेसकाल लागेकोले बुबाआमाको कमी महशुश नहोस भनेर सोचिरहेको बताउनुहुन्छ । बुहारीले पनि नजिकै विवाह गरेर गएको छ । केही पर्दा आउजाउ हुन्छ । के गर्ने सबैका आ आफ्नै बाध्यता हुन्छन् । त्यत्रि कलिलो उमेरकी बुहारीले हामीलाई कुरेर बसेर पनि के गरोस पटवारीले भन्नुभयो ।

उर्मिलालाई सरकारले आफ्नो क्षमता अनुसारको रोजगारी दिएमा आफुलाई केही भए पनि न्यायको अनुभूति हुने बताउनुभयो । द्धन्द्ध पीडित परिवारको विषयमा स्थानीय सरकारले कुनै वास्ता नगर्दा भने निकै दुखी भएको बताउनुहुन्छ । सरकारले द्धन्द्ध पीडित परिवारको लागि के गरिरहेको छ सो विषयमा यो परिवारलाई केही थाहा छैन् । पटवारीलाई सधै एउटा कुराले पिरोलिरहेको छ कथम कथाची मलाई तलमाथि भयो भने छोराको नाममा आफुले पाइरहेको पेन्सन पत्नी सावित्रीको नाममा सार्न मिल्छ की मिल्दैन् ? मेरो शेखपछि बुढीले पायो भने केही राहत हुने थियो नातिनीहरु पढदैछन् । यिनीहरुको विवाह कर्म गर्नुपर्ला यसका लागि केही सहयोग मिल्थ्यो होला उहाँले मलिन स्वरमा भन्नुभयो ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी विधेयक ल्याएर प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरि राष्टपतिबाट प्रमाणित समेत गरिसकेको छ । तथापी पीडितमैत्री न्याय हुन्छ की हुदैन भन्ने कुरामा पीडित परिवार अझै ढुक्क हुनुहुन्न् । भन्नुहुन्छ सरकारले विस्तृत शान्ति सम्झौता भएको यति लामो समय हुँदासम्म पनि न्याय दिन सकेन । अहिले पनि पीडितमैत्री न्याय होला कि नहोला भन्नेमा ढुक्क हुनसक्ने अवस्था छैन् । मृतकी छोरी उर्मिलालाई जे नहुनु थियो भयो । अत्याचार बढी भयो । दोहोरो भिडन्तमा मारिएको घटना तर घरघरमा गएर थुतेर काटेर पनि धेरै मान्छे मारिएका छन त्यस्ता जगन्य अपाराधका घटनाहरुमा भने सरकार अलिक बढी संवेदनशिल हुनुपर्ने र पीडितले चाहे अनुसारको न्याय नदिंदासम्म पीडित परिवारले न्याय पाएको अनुभू ितगर्न नसक्ने बताउनुभयो ।