चुप

मेचीकाली संवाददाता

९ मंसिर २०८२, सोमबार
88 shares

सुन्दर तरामु

चुप् !
चुप् !
चुप् !
चुप्प्प्प्प्प्प्प्प !
सि……सि….. सि…..
नबोल्
बोल्न पाइदैन !
नहिड्
हिड्न पाइदैन !
नपढ्
पढ्न पाइदैन !
जान्न पाइदैन !
बस् बस्
उठ्न पाइदैन !
शिर उठाउन पाइदैन !
अब कोर्लिङ्ग गरेर
जागिर खानुछ
स्कुल जानुछ
बिदेश जानुछ
खेतला जानुछ
निहुरिएर मालिकसँग
निरिह हुँदै
सास्टाङ्ग पसारिनुछ
नत्र
बरु
चुप् !
चुप् !
चुप्प्प्प्प्प्प्प्प्प !
बरिलै बरै
लोकतन्त्र छ !