

बुटवल । ११५औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बुटवलमा ५ किलोमिटर र २ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । रेडियो मुक्ति बुटवलको आयोजना, कालिका स्वाबलम्बन सामाजिक केन्द्र तथा सेतो गुराँस बालविकास सेवा रुपन्देहीको सह आयोजना र बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, बित्तिय तथा सामाजिक संघसंस्था तथा बिभिन्न क्लबहरुको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
५ किलोमिटर तर्फ कालिका मानवज्ञान माबिकी प्रकृति घिमिरे २३ मिनेट २८ सेकेण्ड ३४ प्रतिसेकेण्डमा दुरी पार गर्दै प्रथम भइन् । घिमिरेले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै कालिका मानवज्ञानकै कृति पराजुलीले २३ मिनेट ३९ सेकेण्ड १४ प्रतिसेकेण्डमा दुरी पार गरि द्धितिय भइन् । उनले ७ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै ज्ञानोदय माबिकी इश्वरी बिक २४ मिनेट ३० सेकेण्ड ५० प्रतिसेकेण्डमा ५ किलोमिटर दुरी पार गर्दै तृतिय भइन् । बुढाले नगद नगद ५ हजार, प्रमाणपत्र र मेडल प्राप्त गरिन् ।
त्यस्तै २ किलो मिटर महिला दौड प्रतियोगितामा बुटवल ९ की कल्पना बस्नेत ९ मिनेट ५९ सेकेण्ड १६ प्रतिसेकेण्डमा दुरी पार गरि प्रथम हुन सफल भईन् । उनले नगद ५ हजार ५ सय, प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । ज्ञानोदय माबिकी कल्पना पल्ली ९ मिनेट ५९ सेकेण्ड ८४ प्रतिसेकेण्डमा दुरी पार गर्दैै द्धितिय हुन सफल भईन् । उनले नगद ४ हजार ५ सय प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् ।
तिलोत्तमा ९ की रामकुमारी गाहा १० मिनेट ३४ सेकेण्ड ३५ प्रतिसेकेण्डमा दुरी पार गर्दै तेस्रो हुन सफल भईन् । उनले नगद ३ हजार मेडल र प्रमाणपत्र प्राप्त गरिन् । ५ किलोमिटर दौड प्रतियोगितामा १४ वर्षदेखि २१ वर्ष सम्मका र २ किलोमिटर दौड प्रतियोगितामा २१ देखि माथि उमेर समुहका महिलाहरु सहभागि भएका थिए ।
विजयी प्रतियोगिलाई रेडियोका उपाध्यक्ष तथा महिला दौड कार्यक्रमका अध्यक्ष कबिता अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, समृद्धि हेयर ड्रेसिङ्ग शलुन बुटवलका सञ्चालक मोहन ठाकुरलगायतले पुरस्कार प्रदान गरेका थिए ।