नेपाली काङ्ग्रेस शुद्दोधन -४ को वडा अधिवेशन

मेचीकाली संवाददाता

२० भाद्र २०७८, आईतवार
698 shares


तुलसी राम पौडेल
फर्साटिकर, भाद्र २०
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत रुपन्देहीको नेपाली काङ्ग्रेस शुद्दोधन -४ को वडा अधिवेशन शुक्रबार सम्पन्न भयो।क्षेत्रीय प्रतिनिधि खुला पुरुष र खस आर्यतर्फ बाहेक अन्य सबै सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेस शुद्दोधन -४ को वडा समितिको सभापतिमा रोमाकान्त अधिकारी सर्वसम्मत निर्वाचित हुनु भएको छ।
वडा समितिको उपसभापतिमा कर्ण बहादुर काफ्ले र नारायण प्रसाद खनाल , सचिवमा भरत प्रसाद तिवारी र सन्तोष भण्डारी ,सहसचिवमा छविलाल खनाल र दिनेश यादव , सदस्यहरुमा खुला महिला ज्योति भट्टराई कंडेल ,लीला न्युरे,मीना थारु चौधरी ,खुला पुरुष तर्फ कृष्ण प्रसाद सुवेदी ,जिवलाल खनाल ,बालकृष्ण गैरे,महाश्रम शर्मा आचार्य ,लालु सापकोटा ,यज्ञमुर्ति अधिकारी,दलितमा रुपा सुनार, जनजातिमा तारा बहादुर श्रेष्ठ ,मधेसीमा ओम प्रकाश यादव , थारुमा तिर्थ कुमारी थारु ,खस आर्यमा उमादेवि डुम्रे र अपांगमा रुकादेवि गैरे सर्वसम्मत निर्वाचित भएका छन् । गाउपालिका प्रतिनिधिमा गङ्गा कुमारी खरेल ,लोकनाथ पाण्डे ,राम प्रसाद गैरे सर्वसम्मत भएका छ्न। क्षेत्रीय प्रतिनिधि खुला पुरुषमा मतदान प्रक्रियाबाट दामोदर पङ्गेनी,शिव मल्ल ,दामोदर पौडेल ,केशव प्रसाद अधिकारी,धनराज कंडेल र डोलराज गैरे निर्वाचित भएका छन् ।त्यसै गरी मतदान प्रक्रियाबाट नै आर्य खस खुला तर्फ तर्फ नन्द बहादुर क्षेत्री निर्वाचित भएका छन् ।क्षेत्रीय प्रतिनिधि महिला खुला तर्फ गुनेस्वरी देवी थारु ,रमा केसी र रामेस्वरी सिह सर्वसम्मत निर्वाचित हुनुभएको छ।थारु महिलामा प्रेम कुमारी चौधरी ,थारु खुलामा अनिल चौधरी ,मधेसी खुलामा स्वर्ग बहादुर यादव ,खस आर्य महिलामा राधा पोख्रेल , आदिवासी जनजातिमा केशर कुमार थापा मगर ,दलितमा शेर बहादुर कामी, मुस्लिममा महमुद अली र अपांगमा बिष्णु बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् ।