नेतृत्व र व्यक्तित्व विकासको लागि लायन्स अनिवार्य जस्तै छ: अनिलप्रसाद श्रेष्ठ

मेचीकाली संवाददाता

५ चैत्र २०८१, बुधबार
1352 shares

बुटवलका अनील प्रसाद श्रेष्ठ लायन्स क्लब अफ बुटवलका पूर्व अध्यक्ष हुन् । बुटवलमा जन्मिएर यहीँ शिक्षा लिएका श्रेष्ठ पारिवारिक लिगेसीबाट लायन्स क्लबमा जोडिएका हुन् । श्रेष्ठ अहिले लायन्स डिष्ट्रिक ३२५ पी को जिएलटी कोअडिनेटर हुन् । श्रेष्ठले यहीँ चैत २३ गते हुन गइरहेको तेस्रो डिष्ट्रिक यनुअल कन्भेन्सन सेकेन्ड भाइस डिष्ट्रिक गर्भनरको पदमा उम्मेदवारी दिएका छन् । कन्भेन्सनको सन्दर्भमा रहेर उनीसँग गरिएको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरीएको छ ।

तपाई लायन्स क्लबमा आबद्ध भएर सामाजिक क्षेत्रमा काम गर्न थालेको कति वर्ष भयो ?
सर्वप्रथम त तपाईलाई धन्यवाद । म लायन्स क्लबमा जोडिएर काम गर्न थालेको साढे तीन दशक पुग्यो । मेरो परिवार लायन्स क्बलमा जोडिएकोले म पनि यहीँ क्षेत्रमा लागेको हुँ । बाबाले लायन्स क्लबको कार्यक्रममा मलाई लैजानुहुन्थ्यो । त्यहाँबाट मैले लायन्स क्लब बुझेको हुँ । एसएलसी सक्दा खेरी युवाहरुको संस्था लियो क्बलमा जोडिएको थिए । मलाई लायन्समा जोडिए पारिवारिक लिगेसीले तानेको पनि हो ।

लायन्सको तलदेखि माथिसम्मको ढाँचा कसरी रहेको हुन्छ ?
२० जनाभन्दा माथि सदस्य भए एउटा क्लब हुन सक्छ । ४ वटा क्लब भए एउटा जोन भन्ने स्थापना हुन्छ । २ जोन भए एउटा रिजन हुन सक्छ । ३५ क्लब वा त्यो भन्दा माथि अथवा १२५० भन्दा माथि सदस्य एउटा डिस्ट्रिक हुने गदर्छ । डिस्ट्रिक भइसकेपछि त्यो देशमा त्योभन्दा बढी डिस्ट्रिक छ भने मल्टीपल डिस्ट्रिक हुने गर्दछ । थुप्रै मल्टिपल डिस्ट्रिक भएर कन्सिचुयुसनल एरिया हुने गर्दछ । त्यसपछि हेड अफिस हुने गर्दछ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने, हामी एरिया नम्बर ६ मा पर्ने गर्दछौं । नेपालमा एउटा मल्टिपल डिस्ट्रिक छ जसलाई हामी ३२५ पी भनेर भन्छौं । त्यसमा १५ वटा डिस्ट्रिक छ ।

त्यसमा पी छ सि छ डी यस्तै गरेर १५ वटा डिस्ट्रिक कार्यरत छन् । सबैलाई नेतृत्व चाहियो भनेर डिस्ट्रिक भन्ने होइन । लायन्समा ग्राण्ड ल्याउने एउटा सिस्टम हुन्छ । एउटा डिस्टि–कलाई ग्राण्डहरु जम्मा दुई वटा मात्र पाउने गर्छ । आज हामीकहाँ १५ वटा डिस्ट्रिक भइरहदा त्यस्ता ग्राण्डहरु हामीले ३० वटा एप्लाई गर्न सक्छौं । त्यस्ते थुपै विधाहरु छन । यो कारणले गर्दा खेरी लिडरसीप मात्र जन्माउने, पद मात्र पुयाउने एंगलबाट नहेरी हामीले के फाइदा लिन सक्छौं लायन्सबाट भन्ने एंगलबाट हेर्न सक्यो भने अलि बढी प्रभावकारी हुन्छ कि भन्ने लाग्छ । हुन त धेरै प्रोजेक्टहरु हाम्रो डिस्ट्रिकमा पनि छैन । यदाकता एउटा दुई वटा प्रोजक्टहरु आइरहेको छ । थुप्रै लायन्स इन्टरनेशनल फाउण्डेसनबाट प्रोजक्टहरु नेपालमा आएका छन् ।

लायन्स के कसरी काम गर्छ ?
लाइन्सले समाज परिवर्तनको लागि संवाहको रुपमा काम गर्छ । लायन्समा आवद्ध हुनको लागि अन्य व्यक्तिहरुलाई पनि आह्वान गर्न चाहन्छु । हामी जतिपनि लायन्स सदस्यहरु छौं । त्यसले हाम्रो पृथक पहिचानको लागि हामीले कामहरु गर्नुपर्नेछ । जस्तो कर्व प्रोग्रामहरु प्रत्येक क्लबमा सञ्चालन गरौं । सकेसम्म प्रत्यके क्लबले वार्षिक सय डलर पे गर्दा खेरी स्कुलमा पनि लियो क्लब खोल्न सक्छौं । लियो क्लबहरु खोल्न प्रोत्साहित गरौं । आफ्ना भएका क्लबका गतिविधि स्पेसलाइज गरौं । किनभन्दा स्पेशलाइज नगर्दा हाम्रो कामप्रति पनि धेरै जानकार भइदैन । र समाजमा के प्रभाव पारिरहेको छ भन्ने कुरा पनि पहिचान गर्न नसक्ने भएको कारण स्पयालिसीटीको रुपमा परिणत गरौं ।

अहिले लायन्स इन्टनरनेशलले प्रशिक्षणलाई महत्वपूर्ण रुपमा लिएको छ । सन् २००६ देखि लायन्सले आफ्ना सदस्यलाई सिकाई कतिको महत्वपूर्ण छ यदि हामी सिकाईमा बस्दैनौं । प्रशिक्षणहरु लिदैनौं भने हाम्रो कामहरु निरन्तर रुपमा अगाडि बढाउन सक्दैनौं भन्ने ठम्माई भएको कारणले गर्दा सिकाई महत्वपूर्ण छ । अहिले त अनलाइन सिकाईहरु लिन पनि सकिन्छ । पोटलमा गएर आफूलाई चाहिने जतिपनि विषय वस्तु प्राप्त गर्न सकिन्छ । बल्ल हामी सक्षम लायन्सको रुपमा समाजमा काम गर्न सक्छौं भन्ने कुरा आह्वान गर्न चाहन्छु ।

तपाई उद्योगी व्यवसायी पनि हो लायन्स र उद्योगलाई कसरी लैजानुभयो ?
म एउटा उद्योगी पनि हुँ । पछिल्लो पाँच सात वर्ष यता म कृषि र टुरिजम क्षेत्रमा पनि आवद्ध भएको छु । लायन्स क्लबको सुरुआत सन १९१७ अमेरिकाबाट भएको हो । सन् २०७१ मा विराटनगरबाट सुरुआत भयो । जसका संस्थापक अध्यक्ष मात्रिकाप्रसाद कोइराला नेपालमा लायन्स सुरुआत गर्नुभएको हो । त्यसपछि नेपालमा लायन्सको विस्तारको क्रम बढदै गयो । भारतको डिस्ट्रिक अन्तरगत भएर नेपालका लायन्सहरु परिचालित भए । पछिल्लो यसको प्रावधान ३५ वटा क्लब र १२ सय ७४ सदस्य भएपछि स्यायत्त डिस्ट्रिक बन्न पाउने अवस्था छ । नारायणी पश्चिम पहिलो लायन्स क्बल बुटवल लायन्स क्लब हो । बुटवल लायन्स क्लब १९८३ मा स्थापना भएको हो । जसको संस्थापक हुनुहुन्थ्यो स्वगीय सुर्यप्रसाद प्रधान हुनुहुन्थ्यो । त्यसपछि लायन्सको पाल्पा नेपालगञ्ज लगायत ठाउँमा विस्तार भयो ।

यो लायन्स क्लबलाई धनीमानीको मात्र संस्था हो भन्ने आरोप पनि लाग्छ नि ?
पछिल्लो समय क्लबहरु धनीमानीको मात्र संस्था भन्ने भ्रम पनि फैलिएको जस्तो देखियो । पब्लिकलाई भोजभतेरमा मात्र लागेको जस्तो लाग्छ त्यो होइन । हाम्रो जस्तो समाज दिन सक्ने भनेको बुद्धि विवेक र श्रम र पैसा पनि दिनसक्ने चिजमा आउछ । वास्तमा यो धनीहरुको संस्था हो । धनीहरुको संस्था के अर्थमा भने, पैसाको धनी भन्दा पनि मनका धनी व्यक्तिहरु सम्मेलित संस्था हो । यसले गरेका क्रियाकलापहरु काम र क्रियाकलापहरु धेरै छन् । बुटवलको हकमा कुरा गर्नुहुन्छ भने बुटवल लायन्स क्लबले निरन्तर रुपमा आँखा अस्पताल चलाइरहेको छ ।

स्थापना कालमा साना उपचार केन्द्रको रुपमा रहेर संस्था आज ४३ वर्षसम्म आइपुग्दाखेरी हस्पिटलको रुपमा सञ्चालन भइरहेको छ । त्यस्ता थुप्रै उदाहरणहरु छन । बुटवलमा मात्र नभइ नेपालमा थुप्रै जहा लायन्स क्बलले आफ्ना सेवाहरु सेवाग्राहीलाई प्रदान गरिरहेको छ । त्यसकारणले गर्दा यसलाई अन्यथा लिन मिल्दैन । हामी सबै समाजकै अंग हो । तपाई हामी समाजकै अंग हो । कोही सकारात्मक सोचाईका धनी हुन सक्छन । कतिपय नकारात्मक सोचाइका धनी हुन सक्छन । कतिपय नकारात्मक सोचाइ भएकाहरुबाट पब्लिकमा नकारात्मक सोचाई पुगेको नहोला भन्न पनि सकिदैन । लायन्स विशुद्ध सामाजिक संस्था भएको कारणले गर्दा यसमा संशय गर्न त्यति उपयुक्त देखिदैन ।

लायन्समा कसरी र किन आवद्ध हुने ?
वास्तविक रुपमा के भएको हो भन्दाखेरी लायन्सको सदस्य बन्नुभन्दा अगाडि लायन्स के हो भन्ने कुरा बुझन जरुरी हुन्छ । यसै कारणले गर्दा खेरी अहिले लायन्स अन्तर्राष्ट्रियले क्लबहरु सदस्यहरुले बालबालिकाहरु ६ देखि १२ वर्ष उमेरसम्मका छन भने, ति बालबाललिकाहरुलाई पनि आफ्नो कार्यक्रम, विभिन्न सामाजिक सेवाका कार्यक्रम गराउन भनेर कर्ब भन्ने कार्यक्रम सञ्चालन गरेको छ । जसले गर्दा बालबालिकाहरुको मस्तिस्कमा समाजप्रतिको दायित्व र समाजलाई के चाहिएको छ र समाजमा के गर्न सकिन्छ भन्ने बुझछन ।

अरुहरुको दुःख अभाव भन्ने कुरा प्रत्यक्ष रुपमा बुझाउनको लागि यो कार्यक्रम मार्फत विभिन्न क्बलहरुलाई आह्वान गरिएको छ । १२ वर्ष उमेर कटछ त्यसपछि विभिन्न स्कूलहरुमा अलफा लियो क्लब भनेर खोल्ने गरेका छन । बुटवलमा त्यस्ता अलफा लियो क्लबहरु छन् । जसलाई लायन्सले सौजन्यता पनि प्रदान गर्दछ । अल्फा लियो क्लबका १२ देखि १८ वर्षसम्मका भाइबहिनीहरुलाई नियम र आचार संहितामा आबद्ध गराइन्छ । जसले गर्दा खेरी असल नागरिक बन्न उहालाई प्रोत्साहित गराइन्छ र स्कूलको वातावरण स्वस्थ राख्नको लागि नैतिक आचरणमा बस्न साथीहरुको सम्मानजनक व्यवहार अभिभावकसंग सम्मानजक व्यवहार गर्न आफ्नो ब्यवहारमा परिवर्तन गर्नको लागि क्लबको विभिन्न विषयमा प्रशिक्षण लगायत कार्यक्रममा सुसुचित गर्ने गर्दछ ।

उच्च शिक्षामा जाने बेलामा समुदायमा ओमेगा लियो क्लब भनेर खोल्न सक्छौ जहाँ १८ देखि ३० वर्षसम्मका युवाहरु आबद्ध हुन सक्छन । तपाई आफै भन्नुस ६ वर्षदेखि लिएर ३० वर्षसम्मका लाइनिजयको करिअरमा लायन्स बुझेको हुन्छ । त्यसपछि आफ्नो संस्कार दैनिक क्रियाकलापमा लायन्सलाई समाइसकेपछि त्यस सदस्यहरु लायन्स छाडेर जादैनन । जसको उदाहरण म स्यम आफै छु । १०, ११ वर्षको उमेरदेखि लायन्स बुझे । १५ वर्षको उमेरमा प्रवेश गरे । आज निरन्तर म लायन्समा लागिरहेको छु । आफ्नो दैनिक व्यवस्तताले सक्रियता तलमाथि भए होला आजसम्म पनि मैले लायन्स क्लब छाडेको छैन । लायन्सले आफ्नो मौलिक धरोहरलाई परिवर्तन गर्न पर्छ भनेर कही भनेको छैन । तर, केही विषयहरु लायन्सले निषेध गरेको छ । लायन्स क्लबमा राजनीति गर्नलाई निषेध छ । लैगिक बादविवाद, धार्मिक भाषागत विवादलाई निषेध छ । यस्ता पाँच छ वटा विषयहरु छन जहाँ हामीले ति विषयहरुलाई लिएर विभेद गर्न सक्दैनौं । मानिसलाई नेतृत्व र क्षमता विकास गर्ने अवसर लायन्सले दिन्छ । लायन्समा केही यस्ता सदस्य हुनुहुन्छ जो पालिकाको मेयर, सांसद र मन्त्री पनि हुनुभएको छ ।

लायन्सले विभिन्न क्षेत्रमा कसरी काम गर्छ ?
अहिले आएर लायन्सका ८ वटा भिजनहरु छन् । पहिलो सताब्दीमा विश्वबाट औलोपन निवारण गर्ने उद्देश्य थियो । लायन्स नेपालको हकमा आँखाको उपचारको पर्यावाचीको रुपमा लिन सकिन्छ । मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने संस्थाको रुपमा पनि चिनिन्छ । थुप्रै आँखाको क्षेत्रमा काम गरेको छ । धेरै आँखा अस्पताल स्थापनामा लायन्स क्लबको योगदान छ । बुटवलको आँखा अस्पताल लायन्स आफैले सञ्चालन गरिरहेको छ । दोस्रो सताब्दीमा विश्वको विकराल समस्या के हो त भनेर अध्ययन अनुसन्धान भइसकेपछि अब हामी मधुमेहको क्षेत्रमा काम गर्नुपर्छ भनेर घोषणा भयो । डाइबेटिज विकराल समस्याको रुपमा देखिएर स्वास्थ्य क्षेत्रमा ठूलो असर परेको छ ।

त्यसपछि वातावरण संरक्षणको क्षेत्रमा वृक्षरोपणदेखि ध्वनी प्रदुषण ट्रस्ट पोलुसन रिसाइकिलिन हामीले प्रयोग गरेका प्लाष्टिक जन्य चिजहरु वातावरणलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेका छन भने, त्यसपछि पनि हामी सचेत छौं । इभन एसी र फ्रिजले उत्सर्ग गर्ने ग्यासले गर्दा पृथ्वीको वोजन तहमा पुगेको हानी त्यसप्रति पनि क्लबहरुले काम गरिरहेका छन । त्यसपछि भोकमरी निवारणको क्षेत्र छ । बुटवल सिद्धार्थनगर पाल्पा हाम्रो कार्यक्षेत्र छ त्यसमा हंगर सम्बन्धी काम गरेको छ । बुटवलमा १४१ हप्तासम्म निरन्तर हरेक शनिबार भोको व्यक्तिहरुलाई खाना प्रदान गरिराख्नुभएको छ । त्यसपछि युथ सम्बन्धी कार्यक्रम छ । युवाहरुलाई इंगेज गर्नको लागि लायन्स कोयस्ट भन्ने कार्यक्रम छ । बच्चामा हुने क्यान्सर सम्बन्धी कार्यक्रम छ । त्यसपछि प्राकृतिक प्रकोपमा रेस्क्यु सम्बन्धी कार्यक्रम छ । अन्य जतिपनि मानवीय सेवाको कामहरु छन् । ति लायन्सले गरिरहेका छन् ।