बीस वर्षमा नभएका काम तीन वर्षमा पूरा भए’

मेचीकाली संवाददाता

२० भाद्र २०७८, आईतवार
528 shares

कपिलवस्तु । केपी ओली सरकारले गरेको राम्रा कामको प्रचार युवा वर्गले गर्नुपर्ने राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सुमन पुरीले बताएका छन् । २० वर्षसम्म हुन नसकेको विकास केपी ओली सरकारले ३ वर्षमा पूरा गरेको छ । ओली सरकारले तिब्र गतिमा गरेको विकासको गतिलाई देखेर, सरकाको लोकप्रियता देखेर विपक्षी दलहरुले घेराबन्दीमा पारेको उपाध्यक्ष पुरीले बताए ।

उनले अब निर्वाचनमा फेरि नेकपा एमाले बहुमत स्थानमा जित्ने दाबी गर्दै त्यसका लागि युवा वर्गलाई एक ढिक्का भएर लाग्न आह्वान गरे । यस्तै कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सह–इन्र्चाज गिरीधारीलाल न्यौपानेले पाँच गठबन्धनको भिडमा अब एमाले एक्लै लड्ने र त्यो भिडलाई एक्लैले परास्त गर्ने बताए । उनले विदेशी शक्तिको आडमा नेकपा एमालेलाई फुटाएको औल्याउँदै दुइतिहाइको बहुमत सरकारलाई गिराएर ५ गठबन्धन दलले नेपाली जनताको सपनामाथी कुठाराघाट गरेको बताए ।

यस्तै कार्यक्रममा राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय सचिव तुलबहादुर अधिकारीले ओली सरकारले देशमा गरेको विकासका कारण नै देशभरी नेकपा एमाले र युवा संघमा प्रवेश गर्नेहरुको लहर चलेको बताए । बाणगंगामा यूवाहरुको यति ठूलो उत्साह देख्दा सिंगो पार्टी पक्ति उत्साहित भएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा नेकपा एमाले प्रदेश सचिवालय सदस्य एवं प्रदेश कार्यालय सचिव बलराम अधिकारीले बोल्दै नेकपा एमाले सरकारलाई गिराउन देशी विदेशी शक्तिको आडमा विभिन्न षड्यन्त्र रचेको बताए । नेपाली जनतामा एमालेप्रतिको विश्वासले गर्दा विपक्षीको विभिन्न षड्यन्त्रका बाबजुद केही गर्न नसकेको उनको भनाइ छ ।

एमाले नेता सांसद विष्णु पन्थीले बोल्दै एमालेले थोरै नेता कार्यकर्ता गुमाए पनि जनताको विश्वास आसा, भरोसा नगुमाएकाले फेरी पनि चुनाववाट एमालेले जित्ने बताए । उनले बालबालिकालाई शिक्षा, स्वास्थ्य र युवाहरुलाई रोजगार प्रदान गर्न नेकपा एमालेको सरकार बनेमात्र सम्भव रहेको बताए । एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले आगामी चुनावमा एमालेलाई सत्तासिन तुल्याउन यूवापंक्ति जुर्मुराएको दाबि गरे ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य एवं युवा इ्न्र्चाज चक्रपाणी अर्यालले बाणगंगाको भविष्यका निम्ति एमालेले फेरि जित्नुपर्ने बताए । राष्ट्रिय युवा संघ कपिलवस्तुका अध्यक्ष विजय कुँवरको अध्यक्षमा सम्पन्न कार्यक्रम राष्ट्रिय युवा संघ नगर सचिव हरिशंकर पौडेल तथा जिल्ला सचिव श्याम सुवेदीको सञ्चालनमा सम्पन्न भएको हो ।

यसैबीच नगर अधिवेशनले कमल क्षेत्रीको अध्यक्षतामा ४१ सदस्सीय नगर कमिटी सर्वसम्मत गठन गरेको छ । जसको उपाध्यक्षमा कमल घिमिरे, सचिवमा महेन्द्र गिरी, सहसचिवमा प्रियंका थारु, कोषाध्यक्षमा सुवास पाण्डे सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका अध्यक्ष तेजेन्द्र पाण्डेले जानकारी दिए ।