शुद्धोधनमा पौष्टिक आहार वितरण

मेचीकाली संवाददाता

२० भाद्र २०७८, आईतवार
664 shares

नगेद्र केसी
शुद्धोधन । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको खड्गवनगाईमा बालबालिकामा हुन सक्ने क्यान्सर रोगसम्बन्धी सचेतना र पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ बुटवल पारिजातको आयोजना तथा लायन्स क्लब अफ बुटवल देउराली र लायन्स क्लब अफ बुटवल कालिकाको सहआयोजनामा भएको कार्यक्रममा ७० जना बालबालिकाको स्वास्थ्य परीक्षण गरी परामर्श दिइएको छ । साथै विपन्न वर्गका बालबालिकालाई पौष्टिक आहार पनि वितरण गरिएको छ ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ नेपालका पूर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ, शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तीकुमारी ज्ञवाली, वडा नं.२ का अध्याय विष्णुप्रसाद बस्याल, लायन्स क्लबका डिस्ट्रिक्ट चिफ एड्भाइजर उमंग देवकोटा, लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलले सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा लायन्स क्लबहरुले योगदान गरेको भन्दै यसबाट लाभ लिनुपर्ने धारणा गरेका थिए ।

लायन्स क्लब अफ बुटवल पारिजातकी अध्यक्ष मधुकला कुँवरको अध्यक्षता, रिता भट्टराईको सञ्चालन, कल्पना वस्नेत थापाको स्वागत र लायन्स क्लब अफ बुटवल देउरालीका प्रथम उपाध्यक्ष रमेश पान्डेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।