लायन्स क्लब अफ बुटवल बिग सिटिद्धारा सरसफाईसँगै डस्टबिन हस्तान्तरण

मेचीकाली संवाददाता

२१ भाद्र २०७८, सोमबार
617 shares

बुटवल । लायन्स क्लब अफ बुटवल बिग सिटिले सरसफाईसँगै डस्टबिन हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमका बीच बुटवल भ्यू प्वाइन्ट (बदेल पोखरी)मा सरसफाइसँगै ४ वटा डस्टबिन हस्तान्तरण गरिएको हो ।

क्लबका संस्थापक अध्यक्ष लायन एम.बि. थापा (सन्तोष) को अध्यक्षता, लायन इन्टरनेशनल ३२५ बीटु एरिया ४ का जोन चियर पर्शन लायन विदुर पौडेलको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

लायन लइन्टरनेशनल ३२५ बीटु एरिया ४ का जोन चियर पर्सन लायन विदुर पौडेलले क्लबको आफू अभिभावक भएको बताउँदै यस्तो प्रकारको रचनात्मक काम देखेर आफुलाइ गर्भ महसुस भएको बताए । ‘संसार बदल्नु छ भने सुरुवात आफैबाट गर्नुपर्छ, क्लब स्थापना देखिनै तपाईँहरुले देखाउनु भएको जोस, जाँगर प्रशम्सा गर्न योग्य छ । यसलाई निरन्तरता दिन जरुरी छ ।’ उनले भने । साथै उनले क्लवले गर्ने सामाजीक काममा आफुले सधै सहयोग गर्ने बताए ।

‘लायन्स क्लब अफ बुटवल बिग सिटिले गरेको सन्देशमुलक र सिर्जनात्मक काम अन्य क्लब र संघ संस्थाका लागि प्रेरणाको स्रोत बन्न सक्छ । वातावरण सफा स्वस्थ र हरभरा बनाउन फोहोरको उचित व्यवस्थापन गर्न जरुरी छ ।’ पौडेलले भने । क्लबका अध्यक्ष लायन एम.बि थापा (सन्तोष)ले क्लबलाई नमुना क्लबको रुपमा स्थापित गर्ने र सामाजिक काममा सधै सक्रीय भएर अगाडी बढ्ने बताए ।

त्यस्तै उनले आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म मानविय सेवाका काममा सक्दो सहयोग पु¥याउने र क्लबको छविलाई अझ उचाइमा पु¥याउन सधैं लागिरहने प्रतिबद्धता व्यक्त गरे । लायन मदन घिमिरेको व्यवस्थापनमा सम्पन्न भएको कार्यक्रममा प्रथम उपाध्यक्षमा लायन सरोज घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्लबका सचिव युबराज घिमिरे, संयोजक श्रीधर क्षेत्री, प्रशिक्षक एडेन घिमिरे लगायत २० जनाभन्दा बढी सदस्यहरुको सहभागीता रहेको थियो । सोही अवसरमा औषधी व्यवसायी कृष्ण जिसी क्लबको नयाँ सदस्य बनेका छन् ।