

बुटवल, चैत २२ । ‘अवरोड स्टडी’ को लागि विद्यार्थीको रोजाइँमा रहेको विभिन्न बनाएको निर्भाना काउन्सिल सेन्टरले काठमाठौं बाहिर पहिलो शाखा बुटवलमा स्थापना गरेको छ । स्थापनाको ११ औ वर्षसंगै मिलनचोक स्थित सिटी सेन्टरमा शुक्रबारदेखि सञ्चालनमा आएको हो । शाखाको शुक्रबार बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले उद्घाटन गरे । सो अवसरमा बोल्दै अर्यालले नेपालका शैक्षिक संस्थाहरु दिइने बौद्घ शिक्षालाई अब एजुकेशन कन्सल्टेन्सीहरु प्रचार गर्नेतर्फ ध्यान दिन सके यसबाट शैक्षिक पर्यटनको विकास हुने उनको दाबी छ । ‘यसमा सम्भावना रहेको हुदा सरकारबाट पहल जरुरी रहेको उनको भनाइ छ ।
कार्यक्रममा ईक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेले परामर्श दाता शुरुवात गर्दा आवश्यक सरकारी मापदण्डहरु पुरा गर्न जरुरी रहेको बताए । कार्यक्रममा संस्थाका सञ्चालक शिव प्रसाद त्रिपाठीले विद्यार्थीहरुको भविष्यसंग जोडिएको पेशा भएको भन्दै विशुद्घ परामर्श दिने संस्थाका रुपमा स्थापित रहेको दाबी गरे । संस्थाको उचाईलाई कम नहुने गरि बुटवलमा पनि सेवा दिने प्रतिबद्धता उनले जनाए । संस्थाबाट आयल्स र पिटिई कक्षा सञ्चालन हुन्छ । अष्ट्रेलिया, क्यानडा, युके र जर्मनी अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवश्यक परामर्श र प्रक्रियाको काम गर्दै आइरहेको छ । कार्यक्रममा ईक्यान रुपन्देहीका पूर्वअध्यक्ष देव कुँवर, रुपन्देहीका उद्योगी महेन्द्रनारायण श्रेष्ठले गुणस्तरीय शैक्षिक परामर्श दिएर देशलाई नै दक्ष जनशक्ति उत्पादन गर्न सुझाव दिए ।