पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न विष्णु पौडेल बुटवलमा

मेचीकाली संवाददाता

२१ भाद्र २०७८, सोमबार
641 shares

बुटवल । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सोमवार रूपन्देही आएका छन् ।

बिहान भैरहवाको गौतम बुद्ध विमानस्थल हुँदै नेता पौडेल गृह जिल्ला आएका हुन् ।

पौडेल तीन दिन रूपन्देही बस्नेछन् । सोमवार दिउँसो नेता पौडेलले बुटवलस्थित गए हप्ता ज्योतिनगर र लक्ष्मीनगर झरेको पहिरो प्रभावित क्षेत्रमा निरीक्षण गर्ने कार्यक्रम छ ।

ठूलो वर्षापछि चुरे क्षेत्रका वस्तीमा पहिरो खसेर घरहरूमा क्षति पुर्‍याएको थियो । मंगलवार पौडेलले एमाले प्रदेश कमिटीको बुटवलमा हुने बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।