बलेटक्सार–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा क्षेत्री

मेचीकाली संवाददाता

२१ भाद्र २०७८, सोमबार
551 shares

बुटवल। गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजको पाँचौ साधारणसभा तथा अधिवेशनले वीर बहादुर क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती निर्विरोध चयन गरेको छ।

शनिबार सम्पन्न अधिबेशनले कपिल ज्ञवालीलाई वरिष्ठ उपाध्यक्ष, बुद्दी प्रसाद ज्ञवाली र बिन्दु गौतमलाई उपाध्यक्ष चयन गरेको छ। यसैगरि डिल्लीराज गौतम सहसचिव, गिरिराज पन्थ सहसचिब तथा चिरञ्जीवी ज्ञवाली कोषाध्यक्ष निर्वाचित भएका छन्।

यस्तै सदस्यहरुमा ज्ञानेश्वर ज्ञवाली, बिष्णुप्रसाद ज्ञवाली, राम बहादुर केसी, अमृत बिक, बरुण ज्ञवाली, जीवन ज्ञवाली, सन्तोष पौडेल र माधब पन्थ निर्विरोध चयन भए ।

साधारणसभा पछि नवनिर्वाचित अध्यक्ष छेत्रीले पुरानो कार्यसमितिले अघि सारेका सबै योजनालाई निरन्तरता दिने बताए । यस्तै निवर्तमान अध्यक्ष हेम बहादुर थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका थिए ।

हेम बहादुर थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लक्ष्मण ज्ञवाली, यदु ज्ञवाली पार्वती सुनार लगायतले आफ्नो भनाइ राखेका थिए। कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।