मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना शिविर

मेचीकाली संवाददाता

२१ भाद्र २०७८, सोमबार
503 shares

पार्बती आचार्य
कपिलवस्तु । शान्ति पुनस्थापना गृह कपिलवस्तुको आयोजनामा मानव बेचविखन तथा ओसारपोसार विरुद्ध किशोरीलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा १ का ४० जना महिला तथा किशोरीहरुलाई मानव बेचविखनमा नेपालको पछिल्लो अवस्था र मुख्य कारणहरुको विषयमा छलफल गरिएको हो । कार्यक्रममा वोल्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले महिला र किशोरीहरु सचेत नहुदाँ सम्म यस्ता घटनाहरु भइरहने बताईन् ।

रोजगार, पैसा, विवाह लगाएतका प्रलोभनमा परि वाहिरी मुलकहरुमा लैजाने र त्यहा बन्धक शोषण गर्ने गरेको बताईन् । नगरका किशोरीलाई पटक पटक उद्धार गरिएकोले अब यस्ता घटनाहरु दोहोरिन नहुने बताईन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले मानव बेचविखन न्यूनिकरण गर्न शान्ति पुनस्थापना गृहको योगदान रहेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले किशोरी तथा महिला सचेत भएमा मानव बेचविखन स्वतः घट्ने बताए । सामाजिक संजालको दुरुपयोगका कारण नेपाली महिलाहरु बेचिन पुगेको बताए । वडा अध्यक्ष जगत जिसीको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति पुनस्थापना गृहका क्षेत्रीय संयोजक भुमिराज भट्टराईले पछिल्लो मानव बेचविखनको अवस्था, बेचविखनको कारण लगाएतको विषयमा प्रशिक्षण दिएका थिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरि निरिक्षक शंकर आचार्यले कानूनि व्यवस्थाको वारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रम वडा न १ को सहयोग तथा शान्ति पुरस्थापना गृह कपिलबस्तुको आयोजनामा सम्पन्न भएको हो ।

यसैगरी साँझ ६ बजे शान्ति पुरस्थापना गृहको आयोजनामा चन्द्रौटा चोकमा दिप प्रज्वलन कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा प्रदेश सांसद अर्जुन केसी, नगर प्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिव करमारी थारु र शिवराज नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्षहरु, समाजसेवी, बुद्धिजिबी, महिला अधिकारकर्मी, संचारकर्मी लगाएतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमा शान्ति पुनरस्थापना गृहका क्षेत्रिय संयोजक भुमिराज भट्टराईको अध्यक्षता तथा वडा नं. ५ का वडा अध्यक्ष अर्जुन पाण्डेको अहम भुमिकामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो ।