

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले मानव अधिकार रक्षकको रक्षामा राज्य गम्भीर बन्नुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख घर्तीले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणको लागि प्रदेश सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । मानव अधिकार मानिसको मौलिक अधिकारभित्र पर्ने भन्दै उनले देशमा भइरहेका विभिन्न गतिविधिमा अधिकारकर्मी निसानामा पर्नु दुखद हुने बताए ।
अहिलेका मुलुकले अंगालेका शासन प्रणाली दलगत बन्दा समस्या आएको सभामुख घर्तीको भनाइ छ । उनले मानव अधिकार सम्बन्धी विधयेक प्रदेशसभामा टेवल हुन नसकेको उनले बताए । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले देशमा भइरहेका मानव अधिकार उल्लंघनका घटना र अराजकता सृजना गर्ने प्रवृति स्वीकार्य नभएको बताए ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेशसभाले मानवअधिकारको क्षेत्रमा बनाउनुपर्ने कानून संघीय सरकारले नबनाउन ढिलाइ भइरहेको बताएको बताए । जनमत पार्टीका संसदीय दलका नेता तथा पूर्व सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सीके)ले पीडितको न्यायको लागि मानवअधिकारकर्मी लडिरहन आवश्यक रहेको बताए । कार्यक्रममा पूर्वमन्त्री रत्न खत्रीले सुसासन र मानवअधिकारसहितको सासनको लागि राज्यमा स्थायित्व आवश्यक रहेको बताए ।
कार्यक्रममा गैसस लुम्बिनी प्रदेश अध्यक्ष सुशीला बेल्वासे, उच्च अदालत तुलसीपुर इजलास बुटवल वार अध्यक्ष गोविन्द प्रसाद मरासिनी, अधिवक्ता शिवप्रसाद गौडेल, होमनाथ अधिकारी, हरिप्रसाद ज्ञवाली लगायतले बोल्दै मानव अधिकार र रक्षाको दायित्व सरकारले पूरा गनुपर्नेमा जोड दिए । इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतको अध्यक्षता तथा रीमा बिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।