शुद्धोधनमा स्वास्थ्यसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया

मेचीकाली संवाददाता

२१ भाद्र २०७८, सोमबार
627 shares

भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ मा स्वास्थ्यसम्बन्धी सरोकारवालाबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देही र मानवअधिकार समूह शुद्धोधन गाउँपालिकाको समन्वयमा स्वास्थ्य अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी ज्ञवालीले इन्सेक र मानवअधिकार समूह शुद्धोधन गाउँपालिकाले स्वास्थ्यसम्बन्धी अन्तत्र्रिmया कार्यक्रममार्फत जनचेतनामूलक कार्यक्रम ल्याएकोमा धन्यवाद दिँदै गाउँपालिकाले गरेको काममात्र नहेरी स्थानीय बासिन्दाको पनि निगरानी राख्नुपर्ने बताइन् ।

त्यस्तै वडा ७ का अध्यक्ष शिवपुजन बानियाँले स्वास्थ्य, शिक्षा क्षेत्रलाई आफूले पहिलो प्राथमिकतामा राखेर वडाका हरेक नागरिकलाई वडाबाट प्राप्त हुने सेवा बताउँदै महिला समूह, स्वास्थ्य संवयमसेविका, आमा समूहहरुको हितमा रही काम गर्ने प्रतिबद्धता गरे । वडा कार्यालयले गरेको विकास निर्माणका काममा स्थानीयवासीहरुले दुरुपयोग गरेकोमा वडा अध्यक्ष बानियाँले दुख व्यक्त गरे ।

शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले विषेश ध्यानाकर्षण गरेको बताए । साथै आगामी दिनहरूमा सबै वडाका स्वास्थ्य चौकीमा विषेश स्वास्थ्यकर्मी खटाएर नागरीकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन आफूले सधै पहल गरिरहने बताउँदै वडाका स्वास्थ चौकीमा औषधीको कुनैपनि कमि रहन नदिने प्रतिबद्धता गरे ।

मानवअधिकार समूह शुद्धोधन गाउँपालिकाका अध्यक्ष जगत सापकोटाको अध्यक्षता, शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख आतिथ्यता, शुद्धोधन–७ का वडा अध्यक्ष शिवपुजन बानियाँ र शुद्धोधन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागीहरुले सरकारले वितरण गरेको कोरोना खोप प्रभावकरी रुपमा वितरण नगरिएको, स्वास्थ्य बिमा प्रभावकारी नभएको, महिला स्वयम् सेविकासँग एकजना स्वास्थ्यकर्मी खटाउन पर्नेलगायतका जिज्ञासा राखेका थिए ।

कार्यक्रममा इन्सेक रुपन्देही सहजकर्ता विष्णु घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए । मानवअधिकार समूह शुद्धोधन गाउँपालिका उपाध्यक्ष कपिल अर्यालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममको सञ्चालन संस्थाका सचिव मोती थापाले गरेका थिए ।