बाणगंगाका बाढी प्रभावित परिवारलाई राहत हस्तान्तरण

मेचीकाली संवाददाता

२१ भाद्र २०७८, सोमबार
684 shares

पार्बती आचार्य
कपिलवस्तु । बाढी प्रभावित १ सय ३० परिवारलाई राहत सामग्री वितरण गरिएको छ । स्ट्रोमा फाउण्डेसनको सहयोग, बाणगंगा नगरपालिकाको समन्वय तथा सिद्धार्थ सामाजिक बिकास केन्द्रको आयोजनामा राहत सामग्री वितरण गरिएको हो ।

बाणगंगा नगरपालिका वडा नं ३ सिउँटीमा एक कार्यक्रमको आयोजना गरी बाढी प्रभावितहरुलाई प्रति व्यक्ती ६० किलो चामल, ५ किलो दाल, २ लिटर तेल र ८ किलो नुन रहेको सिद्धार्थ सामाजिक बिकास केन्द्रकी उपाध्यक्ष सुर्य कुमारी शाहीले बताईन् । राहत वडा नं. ३ का ३७ जना, १० का २९ जना र वडा नं. ११ का ६४ परिवारलाई हस्तान्तरण गरिएको हो ।

यस्तै राहत वितरण कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले बाढी प्रभावित परिवारहरुलाई सहयोग गरेकोमा सिद्धार्थ सामाजिक बिकास केन्द्र र स्ट्रोमा फाउण्डेसनलाई धन्यबाद दिईन् । अन्य जिल्लाहरुमा जस्तो यस जिल्लामा ठुला घटनाहरु नघटे पनि क्षेती भने धेरै भएको भन्दै दुःख व्यक्त गरिन् । दैबि प्रकोपलाई कसैले पनि रोक्न नसकिने बताउँदै राहात लिन आएका बाढी प्रभावितहरुलाई सान्त्वना दिंदै आफुले राहात सहयोगकालागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाईन् ।

यसैगरी वडा नं. ३ का अध्यक्ष सन्तराम थारुले एक्कासी भएको अबिरल बर्षाका कारण आएको बाढीले धेरै क्षेती पु¥याएको बताए । सिद्धार्थ सामाजिक बिकास संस्थालाई धन्यवाद दिंदै यस्ता प्रभावितहरुलाई अन्य संघ संस्थाहरुबाट पनि सहयोगको आबश्यकता भएको अध्यक्ष थारुले बताए ।

राहत बुझ्दै वडा नं. ३ मुर्गिया टोलका शंकर थारु र पुनम चौधरीले बिहान र साँझ के खाउँ भन्ने परिस्थीती भएको बेलामा संस्थाले यती धेरै सहयोग गरेको भन्दै धन्यबाद दिए । वडा नं. १० की सन्जु थारु र वडा नं. ११ का दोहोवा थारुले एक्कासी आएको बाढीले घरमा भएको सबै खाद्यान्नहरु नष्ट पारेपछि बिहान साँझको समस्या टार्न गाह्रो भएको बेलामा यसरी राहात उपलब्ध गराई सहयोग गरेकोमा आयोजकलाई धन्यबाद दिएका थिए ।

यस्तै वडा नं. १० की कमला कुमाल, वडा नं. ११ की सुदामा बाँनिया, निर्मला पासी लगाएत एक सय तिस जनाले राहात बुझ्दै भोको पेटलाई भरिदिएकोमा आयोजक र सहयोगी संस्थाले निभेका चुलाहरुलाई बल्ने बनाई दिएको भन्दै संस्थाले यस्ता कामको निरन्तरता दिईरहुन भन्दै धन्यबाद दिएका थिए । साथै संस्थाको प्रगतीको कामना होस भन्दै संस्थालाई आशिरर्बाद समेत दिएका थिए ।

राहत बितरण कार्यक्रममा सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता संस्थाका अनुगमन तथा मुल्यांकन अधिकृत काशिराम भट्टराईको संचालनमा सम्पन्न भएको थियो । भने सामाजिक परिचालक दिनेश चौधरी, पबित्रा बिक र भावना सेन क्षेत्रीले राहत वितरण व्यवस्थापनमा सहयोग पुराएका थिए । साथै संस्थाले साहात संगसंगै १ सय ३० जनालाई मर्यादा किट समेत हस्तान्तरण गरेको संस्थाले जानकारी दिएको छ ।