मेचीकाली तिनाउ बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२१ भाद्र २०७८, सोमबार
908 shares

बुटवल । बुटवल–९ स्थित मेचीकाली तिनाउ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारणसभा सोमबार सम्पन्न भएको छ । सहकारीको प्रारम्भिक साधारणसभामा गरिएको हो ।

संस्थाका अध्यक्ष डिल्लीराज भण्डारीको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघ नेपालकाका सञ्चालक तथा जिल्ल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनको प्रमुख आतिथ्यताका कार्यक्रम भएको हो ।

साधारणसभाले डिल्लीराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्वसमेत चयन गरेको छ । जसको उपाध्यक्षमा सोमनाथ पाठक, सचिवमा गीता गौतम, कोषाध्यक्षमा भेषराज पाण्डे रहेका छन् । त्यस्तैगरी सञ्चालक हरि पहारी, हुमराज ढकाल, डम्बरदेव न्यौपाने, ऋषिराम बस्याल, भगवतीदेवी पन्त, सावित्रा देवी निरौला, र शेषकान्त कोइराला रहेका छन् ।

त्यस्तै लेखा सुपरिवेक्षण संयोजकमा मोहना न्यौपाने र सदस्यमा ईश्वरी प्रसाद ज्ञवाली र पिताम्बर अर्याल रहेका छन् । कार्यक्रममा प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपाल, नेफस्कुनका सञ्चालक सन्दिप सापकोटा, सहकारीका सल्लाहकार मेघराज भण्डारी, पूर्वअध्यक्ष टंकप्रसाद पोखरेल, पूर्वअध्यक्ष तेजकुमार पाठक, बालाराम भट्टराई, दिपामणि उपाध्यायलगायतले बोलेका थिए ।