स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया

मेचीकाली संवाददाता

२२ भाद्र २०७८, मंगलवार
352 shares

सुनिल आचार्य
कपिलवस्तु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानवअधिकार समुह बुद्धभुमिको समन्वयमा स्वास्थ्यको अधिकारको अवस्था र सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम कपिलवस्तुको बुद्धभुमि नगरपलिका २ गोरुसिगेंमा सम्पन्न भएको छ ।

कार्यक्रममा स्वस्थ्यको अधिकारको बिषयमा भएको संबैधानिक ब्यवस्था स्वास्थ्य तथा प्रजनन स्वास्थ्य अधिकार, कसुर र सजाय सम्बन्धी ब्यवस्था, बुद्धभुमि नपाकोे स्वास्थ्यको अवस्था तथा कोभिड–१९ ले पारेको असर लगायतका विषयमा बुद्धभुमि नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य शाखा अधिकृत गोकर्ण अर्यालले आधारपत्र प्रस्तुत गरेका थिए । स्वास्थ्यका समस्या तथा समाधानका उपाएका वारेमा समेत आधारपत्रमा उल्लेख गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा वडा न ४ का अध्यक्ष एवं नगर प्रवक्ता पवन कुमार थारुले ईन्सेक मानव अधिकार समुहले नगरपालिकाको वडाहरुका बिभिन्न टोलहरुमा गएर देखिएका समस्याहरुबारे स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउँदै आएको भन्दै आयोजकलाई धन्यवाद दिए । यस्ता खाल्का अन्तरक्रियाबाट आएका सुझावहरुलाई ग्रहण गर्दै नगरपालिकाले निती बनाएर अगाडी बढ्दै आएको प्रमुख अतिथी थारुले बताए ।

यसैगरी नियमित गर्भजाँच गराई बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरी महिलाहरुले डिस्चार्ज हुँदा पाउनुपर्ने सेवासुबिधा समयमा नपाएको गुनासाहरुलाई संबोधन गर्नका लागि नगरपालिकासंग समन्वय गर्ने प्रतिबद्धता जनाए । प्रमुख अतिथी अध्यक्ष थारुले मान्छे जन्मने वित्तिकै देखि मृत्यहुने बेलासम्म स्वास्थ्यकर्मीहरुको सेवा आवश्यक रहने हुदा स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयमं सेबिकाहरुलाई प्रोत्साहन गदै आएको बताए । कोभिड–१९ का कारण सेवाग्राहीहरुले उचित सेवा पाउन सकेका छैनन् । साथै यस नगरपालिकाका ३२ जना नागरिकहरुले कोभिड संक्रमणका कारण ज्यान गुमाएकोमा दुख व्यक्त गरे । शिक्षा, स्वास्थ्य, खाद्य, उद्योग ब्यबसाय लगाएत बिकास निमार्णका कार्यहरु समेत प्रभावित भएका छन् ।

यस्तै बुद्धभुमि नगरपालिका २ जयनगर स्वास्थ्य चौकीका ईन्चार्ज डोल बिक्रम बेल्बासेले कोभिड–१९ ले स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र लगाएत बिभिन्न क्षेत्रलाई प्रभाव पारेको बताए । कोभिडको आक्रान्तको बेलामा स्वास्थ्य क्षेत्रमा कुनै कसर नराखी स्वास्थ्यकर्मीहरु सक्रिय भएर बिरामीहरुलाई सेवा दिईएको बताए ।

आगामी दिनमा ईन्सेक मानव अधिकार समुहले गाउँगाउँमा पुगेर अभियान संचालन गर्नुपर्नेमा जोड दिंदै गाउँका बस्तीहरुमा मानव अधिकारको अभियान संचालन गर्दा मानव अधिकारका बारेमा त्यस स्थानका नागरिकहरुले समेत जान्ने अवसर प्राप्त गर्ने बताए । यस्तै स्वास्थ्यकर्मीहरु जोखिम मोलेर गर्भवति परिक्षण, बर्थिगं सेन्टरमा सुत्केरी गराउन बाध्य रहे पनि सुरक्षाका लागी आवश्यक सामाग्री पुर्णरुपमा नभएको स्वास्थ्यकर्मीहरुको भनाई छ । यस्तै गाउघर क्लिनिक र खोप क्लिनिकका लागि भवनको ब्यबस्था नहुँदा अरुको घरलाई आश्रयको रुपमा लिएर खोप क्लिनिक र गाउँघर क्लिनिक सेवा संचालन गर्न बाध्य भएको गुनासो गरेका थिए । गाउमा स्वच्छ खाने पानीको समेत अभाव रहेको गुनासो गरेका छन् ।

सो कार्यक्रममा सेवाग्रहीले समान्य ल्याव परिक्षण गराउनु परे निजि मेडिकलहरुमा जान बाध्य रहेको ल्याव संचालन भएको स्वास्थ्य चौकिहरुमा पनि ए एनसी जाँचकालागि शुल्क तोकिएको बताएका थिए । कार्यक्रममा जयनगर स्वास्थ्य चौकिका इन्चार्ज डोल विक्रम बेलवासे, दुविया स्वास्थ्य चौकिका इन्चार्ज दिपक मणि पौडेल, हरिहरपुर स्वास्थ्य चौकीका ईन्चार्ज कमल ज्ञवाली, बुड्ढी स्वास्थ्य चौकिका इन्चार्ज बिष्णु बहादुर सिंह, महिला स्वयम सेविका सान्ता पौडेल, मानव अधिकार समुह बाणगंगाकी सदस्य रुपा पालुङे मगर लगाएतले कार्यपत्र माथी टिप्पणी तथा नगरपालिकामा रहेका समस्याका वारे जानकारी गराएका थिए । यस्ता कार्यक्रमहरुलाई बजार क्षेत्रमा भन्दा पनि ग्रामिण क्षेत्रमा गर्नुपर्ने सुझाव दिएका थिए ।

मानवअधिकार समुहका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षता, सचिव रुपकराज खनालको संचालनमा सम्पन्न कार्यक्रममा इन्सेक सहजकर्ता पार्बती आचार्यले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेकी थिईन् ।