लुम्बिनी सांस्कृतिकमा रेशमको धागोबाट बनाइने सामानहरुको तालिम सम्पन्न

मेचीकाली संवाददाता

२३ बैशाख २०८२, मंगलवार
77 shares

तुलसीराम पौडेल —
लुम्बिनी , बैशाख २३
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर -२ मा स्थायी बसोबास गर्ने महिला तथा किशोरीहरुको लागि नि:शुल्क १५ दिने रेसमको धागोबाट माला, चुरा ,औँठी र कानवाली बनाउने तालिम सम्पन्न भएको छ।
लुम्बिनी सांस्कृतिक वडा नम्बर -२ को कार्यालयको आयोजना तथा ग्लोबल ट्रेनिङ्ग सेन्टर सिद्दार्थनगरको व्यवस्थापन सहयोगमा तालिम सम्पन्न भएको हो ।
तालिममा २५ जना किशोरी तथा  महिलाको सहभागिता रहेको थियोे ।तालिमको सहजीकरण प्रशिशक नन्दु चौधरीले गर्नुभएको थियोे ।
लुम्बिनी सांस्कृतिक नगरपालिका नगर प्रबक्ता एवं वडा नम्बर २ का वडा अध्यक्ष इनामुल्लाह फकिरको अध्यक्षता, नगरपालिका उपप्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिका सामाजिक विकास शाखा प्रमुख शेषराम यादव ,वडा सचीव पशुपति लम्साल ,वडा सदस्य त्रिभुवन अहिर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रमको संचालन ग्लोबल ट्रेनिङ्गका सुनिता पाठकले गर्नुभएको थियो ।