सीता भण्डारी मृत्यु प्रकरणः माइती पक्ष भन्छन् ‘सुनियोजित हत्या गरियो’

मेचीकाली संवाददाता

२२ भाद्र २०७८, मंगलवार
832 shares

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–५ राधाकृष्ण टोलकी सीता भण्डारी पौडेल २० गते बिहान घरकै कोठमा मृत अवस्थामा भेटिइन् । सीताका बाबा हरि प्रसाद भण्डारीका अनुसार उनी श्रीमान टीका पौडेलसँग अघिल्लो रातसँगै सुतेकी थिइन् । आइतबार बिहान ५ः३० बजे उनी टीकाले हरि प्रसादलाई छोरीलाई देख्ने भए आउनुप¥यो भनेर फोन गरे । ज्याइँले नैं फोन गरेपछि हरि प्रसाद आफ्नो घर तिलोत्तमा–८ चार नम्बरबाट छोरीको घर पुगेँ ।

‘छोरीको घरमा सासु ससुरामा थिए’ भण्डारीले भने, ‘छोरी खै त ? भनेर सोध्दा उहाँहरू बोल्नुभएन । ज्याइँ घरमा थिएनन् । कता फरार भएछन । कोठामा छोरीको लास देखेँ म बेहोस भएर ढले ।’ कोठाबाट बाँथरूमा पस्ने ढोकामा काटिएको चुन्नी झण्डिएको थियो । सीताको शव भुइँमा घोप्टो पारी सिरानीमा टाउको राखिएको रगत लतपतिएको अवस्थामा थियो ।

सीता र टीका पाल्पाबाट भदौ ६ गते माइत चार नम्बर गएका थिए । सीता माइत बासिन । ७ गते बिहान टीका घर आए । घटना हुने अघिल्लो दिन १९ गते टीकाले श्रीमती सीतालाई फोन गरी भतिजीको जन्मदिन छ घर आउनु भनेर फोन गरेपछि सीता घर गएकी थिइन् । २७ वर्षीया सीताको ४३ वर्षीया टीकासँग दुई वर्ष अगाडि मागी विवाह भएको थियो । सीताका माइती पक्षले छोरीको हत्या गरेर आत्महत्या गरेको बनाएको आरोप लगाएको छ । ‘मेरी छोरीले आत्महत्या गरेको होइन । यो सुनियोजित घटना हो । हत्या गरिएको हो इलाका प्रहरी कार्यालय, बुटवलका जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले लिन मानेन’ भण्डारीले रूदै भने ।

सीता र टीकाले पाल्पाको तानसेनमा ‘दि दवार रिसोर्ट’ नामको होटल सञ्चालन गर्दै आएका थिए । सीता माइतीमा आउदा अमाजु (श्रीमानकी दिदी) घरमा आउदा सम्पतीको विषयमा सधै झगडा गर्ने र झुट्टा आरोप लगाउने गरेको बाबा भण्डारी बताउछन् । पैसा र पावरको भरमा घटनालाई अन्यत्रै मोडन खोजिएको मातइती पक्षले बताएको छ ।

सीताका मामा आकाश पोखरेलले परिवारकै संलग्नतामा हत्या भएको भन्दै दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने आरोप लगाए । ‘सुतेको अवस्थामा चुन्नीले घाँटी कसी श्वास प्रस्वास बन्द गराई अब मरी भन्ने भएपछि बाथरुमको भेन्टिलेटरमा आफै झुण्डिाएको र आफूले पासो काटेको भन्ने भान पार्न पहिले नैं काटेको चुन्नी झुण्डाई राखेको हुन सक्छन’ टीकाले सीतालाई दोस्रो विवाह गरेका थिए । पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपछि दुई वर्ष अगाडि नैं सीतासँग विवाह भएको थियो ।

तर, सीता बाबा हरि प्रसादले पहिलो विवाह विग्रिएपछि आफ्नो छोरीसँग दोस्रो विवाह गरेको आफूलाई थाहा नभएको बताए । प्रहरीले आरोपी टीकालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी मदन कुँवरले टीकालाई नियन्त्रणमा लिई अनुसन्धानलाई अगाडि बढाएको बताए । कुँवरले घटना आत्महत्या दुरूत्साहन जस्तो देखिएको बताए ।

‘पोष्टमार्टम रिर्पोट सुसाइड (आत्महत्या) गरेको आएको छ । घटनाको विस्तृत अनुसन्धान गर्दै छौं । सबै पक्षसँग प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ’ कुँवरले भने । कुँवरले थपे, ‘प्राविधिक विश्लेषण सहित घरदेखि सबै क्षेत्रमा सोधपुछ र निगरानीलाई पनि एकसाथ अघि बढाएका छौं ।’ अपराध गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्छ माइती पक्षको भनाइ छ ।