रिर्डसमा वास्तविक चुनावकै झल्को दिनेगरी बिद्यार्थीद्वारा नमुना मतदान

मेचीकाली संवाददाता

५ जेष्ठ २०८२, आईतवार
76 shares

गुल्मी । रिडर्स पब्लिक हाइस्कुल रेसुङ्गा नगरपालिका–८ ले बिद्यार्थीहरुलाई मतदान गराएको छ । पाठ्यपुस्तकमा भएको निर्वाचन सम्बन्धी सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक र सृजनशील कार्यद्वारा विद्यार्थीहरुलाई बुझाउन नमुना मतदान गरिएको बिद्यालयले जनाएको छ । यो कामले विद्यार्थीहरुलाई नेतृत्व विकास गर्न समेत टेवा पुगेको छ ।

स्कुल क्याप्टेन र सहायक क्याप्टेनको लागि निर्वाचन गरिएको थियो । यो अभ्यासलाई विद्यालयले विगत दुई वर्षदेखि निरन्तरता दिएको रिडर्स पब्लिक हाइस्कुलका प्रध्यानाध्यापक श्रीप्रसाद भलामीले जानकारी दिनुभयो । यो प्रक्रियाले विद्यार्थीहरुमा नेतृत्व विकाससँगै अनुशासन र संस्कारको विकास हुने विद्यालयले अपेक्षा लिएको छ । आफ्नो शैक्षिक क्यालेन्डर अनुसार सांस्कृतिक महोत्सव खाना महोत्सव, खेलकुद महोत्सव, विज्ञान प्रदर्शनी, परम्परागत र आधुनिक शैक्षिक सामग्री प्रदर्शनी जस्ता क्रियाकलापहरु संचालन गर्दै आएको प्रध्यानाध्यापक भलामीले बताउनुभयो ।

निर्वाचन प्रक्रियामा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो । निर्वाचन पूर्व आवश्यक पदहरुको लागि इच्छुक उम्मेदवारहरु खुल्ला रुपमा उम्मेदवारी दर्ता आव्हान गरिएको थियो । क्याप्टेन र सहायक क्याम्टेनको लागि पाँच÷पाँच जना बिद्यार्थीले उमेद्वारी दर्ता गरेका थिए । । निर्वाचन प्रक्रियाका लागि शिक्षकहरुलाई मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएको थियो । नेपाल सरकारले गर्ने निर्वाचन प्रक्रियामा अवलम्बन मतदाता नामावली प्रकाशन, दाबी विरोध उम्मेदवारी फिर्ता लगायत अन्य सवै प्रक्रिया नमुना मतदानमा अपनाईको बिद्यालयका शिक्षक पुस्कर खड्काले जानकारी दिनुभयो ।

नमुना मतदानको लागि जिल्ला निर्वाचन कार्यालय गुल्मीबाट मतपेटिका, स्वस्तिक छापसहित मतदान सामग्री सहयोग भएको थियो । मतपत्र निर्माण गरिएको थियो । उम्मेदवारहरुलाई प्रचारप्रसार गर्ने र नगर्ने मौन अवधि तोकिएको थियो । सबै उम्मेदवारहरूले सम्पूर्ण विद्यार्थीहरुका बिचमा आआफ्नो एजेन्डा सहित भोट मागेका थिए । आफुलाई मनपर्ने उम्मेदवारहरुलाई मत दिन उत्साहित मतदाता, निर्वाचनका स्वयंसेवक सुरक्षाकर्मी र निर्वाचन परिवेक्षक देख्दा वास्तविक निर्वाचनकै झल्को देखिन्थ्यो ।

निर्वाचन सकिएपछि उम्मेदवार, प्रतिनिधी र परिवेक्षकको रोबरमा मतगणना गरिएको थियो । मतगणनास्थलबाट बिचबिचमा प्राप्त मत सार्वजनिक गर्ने व्यावस्था मिलाइएको थियो । मत परिणाम अनुसार क्याप्टेनमा निशान पुन र सहायक क्याप्टेनमा जेनिसा बराललाई विजेता घोषणा गरिएको थियो । निर्वाचनमा खसेको जम्मा ४१५ मत मध्ये क्याप्टेनमा बिजयी पुनले १६४ र सहायक क्याप्टेन बरालले १३९ मत प्राप्त गर्नुभएको शिक्षक खड्काले बताउनुभयो ।