एमसीसीविरुद्ध बुटवलमा नमस्ते नेपालको मोटरसाइकल र्याली

मेचीकाली संवाददाता

२३ भाद्र २०७८, बुधबार
797 shares

बुटवल । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ । नमस्ते नेपालले एमसीसीविरुद्ध बुटवलमा विरोध प्रदर्शनको आयोजना गरेको हो ।

मंगलबार तिलोत्तमा नगरपालिको शंकरनगरदेखि ड्राइभरटोल हुदै बुटवलको ट्राफिक चोकसम्म मोटरसाइकल र्याली गरिएको सुशील सुबेदीले जानकारी दिए । र्यालीमा सहभागीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका थिए । सो अवसरमा सय बढी मोटरसाइकलको सहभागीता रहेको नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले बताए ।

ट्राफिक चोकमा सम्पन्न कोण सभामा बोल्दै नमस्ते नेपालका अध्यक्ष खरेलले सबै युवा सचेत भएर देशलाई बचाउने अभियानमा सरिक हुनुपर्ने बताए । उनले एमसीसीको सरकारले पास गर्ने प्रक्रिया अगाडी बढाएकोले कुनै पनि हालतमा युवा हरु त्यसको पक्षमा नरहेको दाबी गरे । सो अवसरमा नमस्ते नेपाल संगै स्थानिय युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सरकारले एमसीसी सम्झौता सदनमा पेश गर्ने तयारी गरिरहेका बेला सडकमा त्यसविरुद्धको प्रदर्शन चर्कंदै जान थालेको छ ।