अन्तर्राष्ट्रिय साक्षरता दिवसमा बिभिन्न कार्यक्रम

मेचीकाली संवाददाता

२४ भाद्र २०७८, बिहीबार
592 shares

पार्बती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिकामा अन्तराष्ट्रिय साक्षरता दिवस बिभिन्न रचनात्मक कार्यक्रमहरु गरी सम्पन्न गरिएको छ । बाणगंगा नगरपालिकाले नगर स्तरीय माध्यमिक तहको निवन्ध लेखन प्रतियोगिता आयोजना गरि अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको हो । प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान समेत गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका भित्रका माध्यमिक तहका विधार्थीहरुबीच ‘प्रविधि मैत्री शिक्षा आजको आवश्यकता’ भन्ने विषयमा प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा बाणगङ्गा मा.वि. लौगाईकी अपेक्षा घिमिरे प्रथम, जनता मा.वि पिपराकी शिक्षा अर्याल द्धितीय, होराइजन मा.वि. सिद्धिपुरका करुण घिमिरे तृतीय र अन्नपूर्ण मा.वि कोपवाकी रोशनी थारुले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगाका नगरपालिकाका मेयर मंगल प्रसाद थारुले विद्याार्थी जीवन आफैमा अनुशासीत र मेहनत गर्ने समय भएकाले कुशलता पूर्वक शिक्षा ग्रहण गर्नुपर्ने बताए । शिक्षाको गुणस्तरीयता कायम गर्न नगरपालिकाले थप लगानी गर्न तयार रहेको र विद्यार्थीलाई शिक्षा ग्रहण गर्ने राम्रो वातावरणको सिर्जना गर्न नगर प्रतिवद्ध रहेको बताए ।

यस्तै कार्यक्रममा साक्षरताको बर्तमान अवस्था र आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुका बिषयमा शिक्षा युवा शाखा प्रमुख बाबुराम भट्टराईले प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यालय व्यबस्थापन समितीका पदाधिकारीहरु, बिद्यालयका प्रधानाध्यापकहरु, क्याम्पस प्रमुखहरु, नागरिक समाज, उद्योग बाणिज्यसंघ, नगर बालसंजाल, कार्यालयका कर्मचारीहरुको उपस्थितीमा साक्षरताको बर्तमान अवस्थाको बारेमा र जिल्लाको अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

भने सो अवसरमा संचालन गरिएको निबन्ध प्रतियोगितामा प्रथम, द्वतीय र तृतीय भएका भाई बहिनीहरुलाई नगरपालिकाका मेयर मंगल प्रसाद थारु, उपमेयर चक्रपाणि अर्याल, प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई लगायतले सम्पुर्ण उत्कृष्ट विद्यार्थीलाई नगद र सम्मान पत्रले सम्मान गरिएको शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीले जानकारी दिए ।