तिनाउ बोर्डिङमा ४ जीपीए ल्याएका विद्यार्थीलाई सम्मानसहित नगर परिक्रमा

मेचीकाली संवाददाता

१५ असार २०८२, आईतवार
18 shares

बुटवल । तिनाउ इङ्लिस बोर्डिङ स्कुल देविगरबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने २ जना उत्कृष्ट विद्यार्थीसहित अन्य विद्यार्थीलाई सम्मानसहित नगर परिक्रमा गराइएको छ ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डे, प्राचार्य सीता पाण्डे, सहप्राचार्य सूर्य पाण्डेलगायतले बोल्दै विद्यार्थीको सफलताका कारण तिनाउको नाम उच्च भएको बताए ।

आज एक समारोहका बिचमा उनीहरुलाई नगर परिक्रममा गराइएको हो । बुटवल देवीनगरबाट सुरु भएको बाजागाजासहितको ¥याली तिनकुने, गोलपार्क, मिलनचोक, कालिकानगर, योगिकुटी, मोतिपुर, रानीगञ्ज, प्रगतिनगर, बुद्ध नगर हुँदै विद्यालयसम्म पुगेको थियो । तिनाउमा १९ सय विद्यार्थी अध्ययनरत छन् ।

यसपालिको एसईईमा ५६ विद्यार्थी सहभागि भएकोमा सबै विद्यार्थी उत्तीर्ण भएको प्राचार्य सीता पाण्डेले बताइन् ।