लियो क्लब अफ बुटवल मेट्रोसिटीको अवार्ड सेरेमोनी

मेचीकाली संवाददाता

२९ असार २०८२, आईतवार
26 shares

बुटवल, असार २९ । लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष जिडी शिखरको अध्यक्षता तथा लियो जिल्ला परिषद् ३२५ पि नेपालका अध्यक्ष श्रीधर बस्यालको प्रमुख आतिथ्यतामा अवार्ड सेरेमोनी तथा स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि बस्यालले समाज रुपान्तरणका लागि युवाहरुको सक्रियता बढ्नुपर्ने बताउनुभयो । युवक समाज परिर्वतनका संवाहक रहेको र समाजलाई रुपान्तरण गर्न युवाले मात्र सक्ने उहांको भनाई थियो । साथै उहांले क्लवलाई अझै सामाजिक कार्यमा सक्रिय भएर लाग्न सुझाव दिनुभयो । त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं.११ का कार्यबाहक अध्यक्ष नहकुल शाही ठकुरीले समाजमा चेतना जगाउने खालका कार्यक्रम क्लवले गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा लायन्स क्लब अफ बुटवल मेट्रोसिटीका सस्थापक अध्यक्ष बिनोद सुवेदी, पुर्व अध्यक्षहरु उमानाथ अधिकरी, नबराज बन्जाडे, रामप्रसाद बेल्बासे, गोबिन्द लामीछाने, गोपाल खरेल, संस्थापक अध्यक्ष मनोज गौतम लगाएले बोल्नुभएको थियो । लियो पुर्व अध्यक्ष सजिव सुनारको संयोजनमा भएको कार्यक्रमको सञ्चालन प्रविन रिजालले गर्नुभएको थियो ।