

बुटवल, असार २९ । मन्जुश्री फाइनान्स लिमिटेड मुगिया शाखाले क्याम्पसलाई पुस्तक हस्तान्तरण गरेको छ । फाइनान्सले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत सैनामैनाको मुर्गियास्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पुस्तकहरू उपलब्ध गराएको हो । आइतबार क्याम्पसमा एक कार्यक्रम आयोजना गरी क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीलाई फाइनान्स लिमिटेड मुगिया शाखाका प्रबन्धक श्रीओम भवानी शंकर उपाध्यायले हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै क्याम्पसका अध्यक्ष चौधरीले वित्तीय संस्थाले शैक्षिक संस्थालाई गरेको सहयोग उदाहरणीय भएको बताए । शाखाका प्रबन्धक श्रीओम भवानी शंकर उपाध्यायले आफूहरुले हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए । संस्थाका कर्मचारी मनोज भटटराईले १ लाख बराबरका पुस्तक उपलब्ध गराइएको बताउदै आगामी दिनमा पनि यस्त सहयोगी हात फैलाउदै जाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा क्याम्पस प्रमुख हेमराज थापा, क्याम्पस सञ्चालक समिति सदस्य मन्जु ज्ञवाली लगायतले बोलेका थिए । मन्जुश्री फाइनान्सले देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका आफ्ना शाखामार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर रूपमा विद्यालय, समुदाय र संस्थाहरूसँग सहकार्य गर्दै सहयोग प्रदान गर्दै आएको छ ।