एलायन्सको २६सांै स्थापना दिवस पाल्पा शाखाले मनायो

मेचीकाली संवाददाता

२९ असार २०८२, आईतवार
63 shares

पाल्पा । मानवअधिकार एलायन्सको २६ सौ स्थापना दिवस पाल्पा शाखाले मनाएको छ । समुदायसङ सङसङै भन्ने मुलनाराका साथ यो दिवस मनाइएको हो ।

\
केन्द्रिय स्थापना दिवश कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी पाल्पाका अध्यक्ष ओम बहादुर घर्ती मगरले मानव अधिकार जन्म देखी मरणोपरान्त आवस्यक रहेको बताए । उनले स्थापनाकाल देखि नै एलायन्सले आम नागरिकको अधिकारको रक्षाका लागी कार्य गर्दै आएको समेत बताए ।


कार्यक्रममा जिल्लाको समग्र मानव अधिकार, बाल अधिकार, महिला मानव अधिकार, दलित मानव अधिकार, जेष्ठ नागरीक मानव अधिकार, आदिवासी मानव अधिकारको बर्तमान अवस्था बारे चर्चा गरिएको थियो । कार्यक्रममा मुक्ती समाज नेपालका केन्द्रीय सदस्य ठाकुर लोहागुनले दलित मानव अधिकारको बारेमा चर्चा गरेका थिए भने महिला मानव अधिकारको बारेमा शाखा उपाध्यक्ष अधिबक्ता बिमला ज्ञवालीको प्रस्तुती रहेको थियो ।


यसै अबसरमा एलायन्सको आउँदो आ.ब.मा गर्ने बार्षिक कार्यक्रम आगामी कामको योजनाको सार्वजनिक गरिएको छ । स्थापना दिवसको अबसरमा एलायन्सको जिल्ला शाखाको तानसेनको बिशाल बजारमा सम्पर्क कार्यालय शुभारम्भ समेत गरिएको छ । मानवअधिकार एलायन्स जिल्ला कमिटी, पाल्पाका अध्यक्ष रूद्र मस्राङीको अध्यक्षता र सचिव नेत्र गैरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।