बाणगंगामा नगर बिकास आवधिक योजनाको तयारी

मेचीकाली संवाददाता

२६ भाद्र २०७८, शनिबार
628 shares

पार्वती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिकामा नगरको बिकासकालागि प्रथम नगर बिकास आवधिक योजना निर्माण सम्बन्धी प्रारम्भिक छलफल शुरु भएको छ । त्यसको लागि नगरले शुक्रबार नगरपालिकाको सभाहलमा प्रथम नगर विकास आवधिक योजना निर्माण सम्बन्धि छलफल सुरु गरेको हो । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता, पूर्वमुख्य सचिव सोमलाल सुवेदीको विशेष उपस्थिति र सरोकारवालाको सहभागितामा छलफल सुरु भएको नगरपालिकाले जानकारी दिएको छ ।

विष्णु पन्थीले योजना विनाको विकासको अर्थ नहुने भएको हुँदा नगरपालिकाले पाँच बर्षसम्म विकासको प्राथमिकताको सुची तयार गरेर हरेक काम योजनाका साथ गर्नुपर्ने बताए । छलफलमा विशेष प्रस्तुति दिँदै पूर्व मुख्य सचिव सुवेदीले योजनाको प्राथमिकिकरण गरेर अगाडी बढ्न सुझाव दिए ।

कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारुले पूर्व मुख्य सचिव सोमलाल सुवेदीको सुझाव अनुसार अगाडी बढ्ने जनाउँदै प्राप्त सुझाव पश्चात आगामी ५ बर्षको योजना बनाउन उनले टोल र वडामा गएर सुझाव लिने बताए । नगर उपप्रमुख चक्रपाणी अर्यालले आफुहरुले शुरुका वर्षहरुमा नगरपालिका र वडातर्फको पूर्वाधार तर्फ ध्यान केन्द्रित गरेर काम गर्ने बातावरण तयार गरेको बताए ।

उक्त छलफल कार्यक्रममा नेकपा एमालेका भरत कुमार कार्की, कांग्रेस नगर कार्यबाहक सभापति विष्णु थापा, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी, चन्द्रकान्त न्यौपाने लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालको स्वागत मन्तब्य तथा शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीको संचालनमा सम्पन्न भएको नगरप्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।