इस्माली समाज युएईले अबुधाबीमा तीज धमाका गर्ने

मेचीकाली संवाददाता

१८ श्रावण २०८२, शनिबार
108 shares

गुल्मी । इस्माली समाज युएईको तीज धमाका गर्ने भएको छ । गत साल स्थापना भएको समाजले विभिन्न सामाजिक काममा अग्रसरता दिदै आएको छ । प्रवासमा रहेका नेपाली महिला दिदि बिहिनीहरुलाई लक्षित गरेर अगष्ट १७ तारिखमा अबुधावीको स्माइल लाउन्ज इभेन्टस हलमा तिज बिशेष कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

समाजले अबुधावीमा पहिलो पटक तिज कार्यक्रम गर्न थालेको छ । लोक दोहोरी गायक तथा गायिकाहरुको साथमा तिज बिशेष कार्यक्रमको भव्य तयारी भएको इस्माली समाज युएईका महासचिव मनोज ज्ञवालीले जानकारी दिए । लोक दोहोरी गायक होमनाथ कुवंर, बिनय खत्री, बाबुराम कुवंर, मधु कुवंर, राम विश्वकर्मा, राम विश्वकर्मा सरोज थापा मगर, गायिका रञ्जिता कुवंर, शुष्मा कुवर खत्री र माया कुवंरको बेजोड प्रस्तुती रहनेछ ।

कार्यक्रममा उद्घोषकको रुपमा मनोज ज्ञवाली र सुनिल चन्द्र थापा रहेका छन् । कार्यक्रमको संयोजक हरि बिष्ट र राधिका बिष्टले गरेका छन् । यो कार्यक्रमले इस्माबाट युएईमा रहेका इस्मालीहरुलाई एकिकृत गर्न र भावनात्मक रुपमा एकतावद्ध बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको इस्माली समाज युएईका अध्यक्ष मान बहादुर कुवंरले बताए ।