रुपन्देही र पाल्पामा मोटरसाइकल दुर्घटनाः ३ जना घाइते

मेचीकाली संवाददाता

२७ भाद्र २०७८, आईतवार
427 shares

बुटवल । रुपन्देही र पाल्पामा भएका दुई दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवल–१३ जीतगढीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट बुटवलतर्फ आइरहेको लु ४८ प २८५७ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ गइरहेको ना १ क ८९१५ नम्बर ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा रुपन्देहीको कन्चन गाउँपालिका–१ का ५९ वर्षिय लोकबहादु भुजेल र उनकी श्रीमती ५६ वर्षीया उमादेवी भुजेल गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले बताए । घाइतेहरुलाई उपचारका लागि बुटवलस्थीत चौराह अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ झरना नजिकै सडकबाट मोटरसाइकल खस्दा एकजना गम्भीर भएका छन् । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै ग ५ प ६८८ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा त्यसमा सवार स्याङ्गजाको कृष्णगण्डकी गाउँपालिका–४ का अन्दाजी ३७ बर्षीय तारा प्रसाद पाण्डे घाइते भउका हुन् । उनलाई उपचारका लागि बुटवल पठाईएको पाल्पाका डिएसपी रामेश्वर त्वातीले बताए ।