रोट्रयाक र लियो क्लबद्धारा स्टेसनरी सामग्री वितरण

मेचीकाली संवाददाता

२७ भाद्र २०७८, आईतवार
663 shares

बुटवल । रोट्रयाक क्लब अफ बुटवल चौतारी नेपाल र लियो क्लब अफ बटौलीको संयुक्त आयोजनामा स्टेसनरी सामग्री वितरण कार्यक्रम सम्पनन भएको छ ।

बुटवल उपमहानगरपालिका–१ स्थित बुटवल माध्यमीक विद्यालयमा अध्यनरत विद्यार्थीहरलाई स्टेसनरी सामग्री वितरण गरिएको हो । रोट्रयाक क्लब अफ बुटवल चौतारीका अध्यक्ष रो. सुबाष नेपाल र लियो क्लब अफ बटौलीका अध्यक्ष लियो निलकण्ठ बश्यालको अध्यक्षता, बुटवल माध्यमीक विद्यालयका प्राचार्य घनश्याम गौतमको प्रमुख आथित्यता, बिद्यालयका शिक्षक बिद्यार्थी तथा क्लवका सदस्यहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।

स्टेसनरी सामग्री वितरण कार्यक्रमा बोल्दै प्राचार्य गौतमले रोट्रयाक तथा लियो जस्ता सामाजिक संघसंस्थाहरुले स्टेसनरी सामग्री प्रदान गरेकोमा धन्यवाद दिए । उनले क्लबले प्रदान गरेको सहयोग बिद्यार्थीहरुको लागि अति नै महत्तपुर्ण भएको बचाए । साथै उनले आगामी दिनमा पनि यसरी नै सहयोग प्राप्त हुने आसा गरेको बताए ।

कार्यक्रमा उपमहानगरपालिका–१ का जनप्रतिनिधि वडा सदस्य मदन कुमार श्रेष्ठ, विद्यालयका शिक्षक प्रतिनिधि यज्ञ सापकोटा, लियो डिस्ड्रिक काउन्सिल रिजन १४ का संयोजक राजन पौडेल लगायतले मन्तव्य राखेका थिए ।

लियो क्लब अफ बटौलीका अध्यक्ष लियो निलकण्ठ बश्यालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा रोट्रयाक क्लब अफ बुटवल चौतारीका अध्यक्ष रो. सुवाष नेपालले धन्यवाद मन्तव्य व्यक्त गरेको रोट्रयाक क्लब अफ बुटवल चौतारीका उपाध्यक्ष रो.डोलराज अधिकारिले बताए । कार्यक्रमको सन्चालन रोट्रयाक क्लब अफ बुटवल चौतारीका सचिव रो. ज्ञान प्रसाद श्रेष्ठले गरेका थिए ।