नेपाल निजामति कर्मचारी युनियन कपिलवस्तुको अध्यक्षमा आले

मेचीकाली संवाददाता

२८ भाद्र २०७८, सोमबार
502 shares

पार्बती आचार्य
कपिलवस्तु। नेपाल निजामति कर्मचारी युनियनको कपिलवस्तुको तौलिहवामा संम्पन्न आठौँ अधिवेशनबाट झकबहादुर आले निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । आलेको नेतृत्वमा कार्य समिति निर्विरोधरुपमा चयन भएको निर्वाचन मण्डलका संयोजक प्रबीणकुमार श्रीवास्तवले बताए ।

समितिको खुला उपाध्यक्षमा नविन खनाल र महिला उपाध्यक्षमा धनीश्वरी बैजाली, समावेशी अध्यक्षमा प्रभुनाथ यादव निर्वाचित भएका छन् । सचिवमा राजेश सैनी, सहसचिवमा सुदीपप्रसाद मौर्य, कोषाध्यक्षमा शिवकुमार यादव रहेका छन्। सदस्यहरुमा बुजेश यादव, मोहन केसी, अनिलकुमार चौधरी, सञ्जीवकुमार सिंह, सुमित्रा भुसाल, साबित्रा चौधरी, पदमलाल घिमिरे, रमेशकुमार रेग्मी रहेका छन् । महाधिवेशन प्रतिनिधिहरूमा धनञ्जय नेपाल, रामप्रसाद अधिकारी, निराजन लम्साल, रामकृष्ण तेली, सुर्यप्रसाद चापागाईं छन् ।

यस्तै नव निर्वाचित अध्यक्ष आलले कर्मचारीहरुको पेशागत हकहीत र अधिकार स्थापनाका लागि आफू सधैँ लागिरहने बताए । अधिवेशनको कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले उद्घाटन गर्दै युनियका सदस्य र पार्टीबीच समन्वय हुनुपर्ने बताए ।

सो अवसरमा पूर्वमन्त्री दीपकुमार उपाध्याय, युनियनका केन्द्रिय अध्यक्ष गोपालप्रसाद पोख्रेल, प्रदेश सदस्य रिना नेपाल, युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारी, कांग्रेसका पूर्वजिल्ला सभापति सुधाकर पाण्डेय, बुद्धभूमि नगरपालिका मेयर केशवकुमार श्रेष्ठ, युनियका सचिव गणेश भण्डारीलगायतले कर्मचारीहरुको समायोवन विधेयक, संघीय निजामति ऐन समन्वय गरेरमात्र पारित गर्नुपर्ने बताए ।