

बुटवल, भदौं ७ । कला र संस्कृतिलाई विद्यालय जीवनसँग जोडने उद्देश्यसहित बागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले स्कूल गट टयालेन्ट रुपन्देही गर्ने भएको छ । २६ वर्षदेखि सञ्चालित एकेडेमीले नयाँ पुस्ताका विद्यार्थीलाई लक्षित गरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको हो । ऐकेडेमीले शनिबार पत्रकार सम्मेलन गरी गायन, बाद्यबादन, नृत्य, अभिनय÷नाटक, चित्रकला÷पोस्टर डिजाइन र वाचन जुनसुकै कला भएका विद्यालय प्रतियोगितामा भाग लिन सक्ने बताएको हो ।
ऐकेडमीका सञ्चालक लालिमा श्रेष्ठले बच्चामा कुनै प्रतिभा लुकेको छ भने, यो प्रतियोगिता देखाउन सक्ने बताइन । ‘प्रतियोगितामा नो भोट, नो एसएमएस हो’ उनले भनिन, ‘प्रतियोगितामा सहभागीताको लागि १ हजार रुपैयाँ दर्ता शुल्क मात्र राखिएको छ । अन्य कुनै शुल्क लाग्नेछैन ।’ छनौट नभएका विद्यार्थीलाई विभिन्न विधामा निःशुल्क तालीम प्रदान गरिएको सञ्चालक श्रेष्ठको भनाइ छ । प्रतियोगितामा विजेता प्रथम हुने विद्यार्थीले ५५ हजार, द्धितीय हुनेले ३५ हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन ।
प्रतियोगितामा जिल्लाभरका सबैजसो विद्यालयबाट गरी १ हजार ५०० विद्यार्थी सहभागी हुने अपेक्षा ऐकेडेमीको छ । अडिसन यहीँ भदौं तेस्रो हप्ताबाट सुरु गरेर मंसिरमा ग्राण्ड फिनाली हुने कार्यक्रम संयोजक डिबी लोहनीले जानकारी दिए । अडिसन ५ चरणमा गरिने छ । ग्राउण्ड अडिसन, मेघा, थिम, सेमी फाइनल र फाइनल राखिएको छ । नृत्य प्रशिक्षक शंकर खड्काले कार्यक्रम केबल प्रतिष्पर्धा मात्र नभई विद्यार्थीहरुको सृजनात्मक प्रतिभा उजागर गर्ने र उनीहरुको भविश्व निर्माणमा योगदान पु¥याउने बताए । मूल्याङकनमा प्रस्तुतिकरण, मौलिकता, प्रविधि÷कलादक्षता र सृजनशीलतालाई विशेष प्राथामिकता दिइने छ ।