

बुटवल, भदौं १७ । बुटवलमा संविधान दिवसको अवसर पारेर ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने भएको छ । आउदो असोज ३ गते इभेन्ट इन, बुटवलले बिएचएम अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम गर्न लागेको हो । कार्यक्रम बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ ।
आयोजकले मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी तीव्र रुपमा अघि बढाएको जनाएको छ । अहिले बुटवल भित्र बिएचएम अध्ययन हुने क्याम्पसमा भिजिट गरेर कार्यक्रमबारे अवगत गराउने काम भइरहेको कार्यक्रम संयोजक अतीत थापाले जानकारी दिए । उनका अनुसार बिएचएम अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम स्थलमा स्टल राख्दा कुनै पनि शुल्क नलाग्ने बताए । कार्यक्रममा सांस्कृतिक मनोरञ्जन लिन पाउनुका साथै विएचएम अध्ययनरत गर्ने विद्यार्थीहरुले तयार गरेका विभिन्न परिकारको स्वाद लिन पाइने उनले बताए । कार्यक्रममा स्वर, रकेट्रस, चक्र र आमाथ्यको विशेष साङगेतिक प्रस्तुतिको आनन्तद लिन सकिने कार्यक्रम संयोजक थापाले बताए ।
यस्तै कार्यक्रमको प्रवेश शुल्क १ हजार कायम गरिएको इभेन्ट इन बुटवलका फाउण्डर सुसान्त पाण्डेले बताए । विद्यार्थीको लागि भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । कार्यक्रम गर्नको लागि २५ लाख खर्च लाग्ने अनुमान गरिएको फाउन्डर पविन सेनले बताए ।