किशोरीहरुको सवाललाई सम्बोधन गर्न सरोकारवालासँग समन्वय बैठक

मेचीकाली संवाददाता

२९ भाद्र २०७८, मंगलवार
817 shares

पार्बती आचार्य
कपिलवस्तु । किशोरीहरुका सवाललाई सम्बोधन गर्न सरोकारवालाहरु सँग पहिलो त्रैमासिक समन्वय बैठक सम्पन्न भएको छ । ओरेक बुटवलको आयोजना तथा केएर नेपाल बुटवलको सहयोगमा कपिलवस्तुको तौलिहवामा बैठक सम्पन्न भएको हो ।

अब मेरो पालो परियोजनाको तेस्रो चरणले किशोरीहरुको सवाललाई सम्बोधन गर्न सरोकारवालाहरु संग पहिलो त्रैमासिक समन्वय बैठक सम्पन्न गरिएको हो । कपिलवस्तु जिल्लामा रहेका किशोरी अधिकार मञ्चले किशोरीहरुको समस्यालाई पहिचान गरि सम्बोधन गर्न सरोकारवालाहरुसंग सवालहरुका बारेमा छलफल भएको थियो । किशोरीहरुद्धारा पहिचान भएका बाल विवाह, यौनिकता माथिको नियन्त्रण, शिक्षा बाट बञ्चित, गतिशिलतामा नियन्त्रण, यौन जन्य हिंसा, लैगिक बिभेद जस्ता सवालहरुमा छलफल भएको थियो ।

अब मेरो पालो फेज ३ अन्तरगत मुख्य गरि क्षमता बिकास र वकालत,अभियानको लागि मार्गदशन, बिभिन्न अभियान पालिका, प्रदेश र संघीय स्तरमा किशोरी अधिकार मञ्चको सलग्तामा किशोरीहरु मुद्दामा वकालत गर्ने, योजना प्रकियामा किशोरीहरुको मुद्दा सवोधन गर्न नमुना सांसद कार्यक्रमहरु सञ्चालन गर्ने, बजेट योजना प्रक्रियाबारे किशोरीहरुलाई जानकार गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
किशोरीहरुको नेतृत्वमा न्यायीक समिति, सामाजिक बिकास मन्त्रिसंग किशोरीको सवालमा संम्वाद गर्ने, प्रदेश स्तरीय समुह सम्मेलन, सञ्जिालिकरण र किशोरी सम्मेलन सञ्चालन, .कानुन निर्माताको संगठनको लागि पहिचान, राष्ट्रिय योजना प्रदेश र संघिय बजेटमा प्रभावको लागि संलग्नता रहेको छ ।

४÷४ महिनामा किशोरीहरुका सवाललाई सम्बोधन गर्न सरोकारवालाहरुसंग बैठक बस्ने , छलफल गर्दा ६ वटा स्थानिय तहका प्रतिनिधिहरुले आफ्नो स्थानियतह देखि गर्न सक्ने भुमिकाको बारेमा प्रतिवद्धता जनाएका छन । महिला सशक्तिकरणका माध्यम बाट आर्थिक,सामाजिक र सास्कृतिक अधिकारलाई सुनिश्चित गर्दै महिला विरुद्ध हुने हिंसाको न्युनिकरण गर्नु ओरेकको लक्ष्य रहेको ओरेक बुटवलकी फिल्ड कार्यक्रम अधिकृत धनकुमारी चौधरीले बताईन् । ओरेक नेपालले कपिलवस्तुको शुद्धोधन गाउँपालिका, यशोधरा गाउपालिका, मायादेवि गाउपालिका, कपिलवस्तु नगरपालिका, कृष्णनगर नगरपालिका र महाराजगंज नगरपालिकामा १ जुलाई २०२१ देखि ३० जुन २०२२ सम्म केएर नेपाल र केन्डिडा फन्डले अब मेरो पालो फेज ३ परियोजनामा काम गर्ने गरेको समेत जानकारी दिईन् ।

कार्यक्रममा कपिलवस्तु नगरपालिका उपप्रमुख लक्ष्मि गुप्ता साव, कपिलवस्तु नगरपालिका का वडा न.३ का अध्यक्ष प्रकास गैरे, शुद्धोधन गाउपालिका वडा न.२ का वडा अध्यक्ष मनोज कुमार यादव कपिलवस्तु नगरपालिका का वडा न. १ का कार्यवाहाक अध्यक्ष बिष्णु वारी, कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदम राज श्रेष्ठ, महाराजगंज नगरपालिकाका सामाजिक बिकास अधिकृत निरान्जन पौडेलको आथित्यता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालयका महिला सेलका प्रहरी निरीक्षक बिनय कुमार सिंह, बरिष्ठ महिला अधिकारकर्मी पुष्पा रेग्मी, माईति नेपाल कपिलवस्तु कार्यक्रम संयोजक जुनु श्रेष्ठ, कालिका स्वालम्वन सामाजिक बिकास संस्थाका उपाध्यक्ष रामेन्द्ध रावल, शिद्धारथ सामाजिक बिकास केन्द्रका फिल्ड अफिसर शुसिला पौडेल, माहुरी हेमका महासचिव माया ज्ञेवाली, युनाईटेड मिशन टु नेपालको प्रज्ञा अधिकारी, सञ्चारीका समुह कपिलवस्तुकी सचिव शारदा के.सी.लगायतले किशोरीहरुलाई शसक्तिकरण गर्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

किशोरी अधिकार मञ्चकी सचिव सदिक्षा शुक्लाल ेभिजन, मिसन र उद्देश्यका बारेमा जानकारी दिंदै किशोरीहरुको क्षमता बिस्तार गर्ने, हानिकारक मुल्यमान्यताको अन्त्य गर्ने र बिद्यालय छाडेका किशोरीहरुलाई बिद्यालय भर्ना गर्नकालागि अभियान सन्चालन गर्ने बताईन् । केएर नेपाल बुटवलका अनुगमन मुल्याङ्कन सिकाई अधिकृत राजन सुवेदी, किशोरी अधिकार मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन ओरेक नेपालका सहायक जिल्ला अधिकृत संगिता चौरसीयाले गरेकी थिईन् ।