बिरुवामा प्रअ हरु सङ कार्यसम्पादन सम्झौता ।

मेचीकाली संवाददाता

२९ भाद्र २०७८, मंगलवार
537 shares


तुलसी राम पौडेल —
स्याङ्जा (मेसस) भाद्र २९

गण्डकी प्रदेश स्याङ्जा स्थित बिरुवा गाउपालिकाले आफ्नो गाउपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक बिधायका प्र अ हरु सङ कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ । गाउपालिकाले भाद्र २९ गते बालदिबसको अबसर पारेर एउटा विशेष कार्यक्रम बिच ३६ वटा सामुदायिक बिधालयहरुका प्रअ हरुसङ उक्त सम्झौता गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एबम गाउपालिकाका अध्यक्ष चुनप्रशाद शर्माले यो कार्यसम्पादन सम्झौताले गाउपालिकाको शैक्षिक गुणस्तर अभिबृद्दिको लागि महत्वपुर्ण सहयोग गर्ने बताउनु भयो । उहाले गाउपालिकाले यश अभियानमा सम्पुर्ण शिक्षक तथा कर्मचारी हरुबाट समेत सहयोगको अपेक्षा राखेको बताउनु भयो । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलराज सुबेदिले प्रअ हरु सङ ३ बर्सको कार्यसम्पादन सम्झौता गरिएको छ बताउनु भयो । उहाका अनुशार यश अबधिमा बिधालयले अन्य विभिन्न शैक्षिक सुचकका अलाबा मुख्यगरी बिधार्थिको सिकाइ उपलब्धिमा गत शैक्षिक शत्रलाइ आधार मानी १० % ले अभिबृद्दी गर्ने लक्ष राखिएको छ । यश भन्दा अगाडि गाउपालिका कार्यलको तर्फबाट आफुले शिक्षा शाखा प्रमुख सङ कार्यसम्पादन सम्झौता गरिसकेको छ अब प्रअ हरुले आफ्न विषयगत शिक्षक हरु सङ समेत छुट्टा छुट्टाछुट्टै सम्झौता गर्नु पर्ने उहाले बताउनु भयो । गाउपालिकाका शिक्षा शाखा प्रमुख जिबलाल भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन श्रीराम वाग्लेले गर्नु भएको थियो । कार्यक्रममा पालिका अध्यक्ष चुनप्रशाद शर्मा , प्रशासकिय अधिकृत कुलराज सुवेदी , सामाजिक बिकास समितिका सम्योजक इन्द्रप्रशाद पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।