विश्वकप छनोट: यूएईमाथि नेपालको रोमाञ्चक जित

मेचीकाली संवाददाता

२६ आश्विन २०८२, आईतवार
16 shares

रमेश पराजुली

बुटवल । नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर–६ अन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । यूएईलाई पराजित गरेसँगै विश्वकप खेल्ने नेपालको सम्भावना बलियो भएको छ ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए । एक समय ८२–१ को बलियो अवस्थामा रहेको यूएईमाथि त्यसपछि नेपालले दबाब बनाउन थालेको थियो । यूएई ९९–६ को अवस्थामा पुग्दाबाट क्रिजमा आएका ध्रुव पराशरले ठुला शटहरू खेल्दै यूएईलाई खेलमा जीवितै राखेका थिए ।

अन्तिम ओभरमा १० रन आवश्यक हुँदा बलिङमा आएका दीपेन्द्रलाई पराशरले एक छक्का प्रहार गरेपनि लगत्तै दीपेन्द्रले उनलाई क्याचआउट गराएका थिए । त्यसपछि २ बलमा ३ रन आवश्यक हुँदा अर्को पनि रनआउटसँगै शर्ट रन भएपछि यूएईले कुनैपनि रन जोडेन र १ बलमा ३ रन चाहिँदा यूएईले १ रन मात्र जोड्न सक्यो । नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए । सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन । यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिए ।

नेपालले यूएईलाई हराएपछि कप्तान रोहित पौडेललले भने, ‘ब्याटिङमा १४० रन पर्याप्त थिएन । १६०/१७० बनाउन पथ्र्यो । उनीहरुले १० ओभर निकै टाइट बलिङ गरे । तर हामीले बलिङमा राम्रो ग¥यौ ।’ १४० को लक्ष्य जोगाउन आजको खेलमा नेपालले सुरुको १० ओभर बलिङ टाइट गर्न सकेको थिएन । तर त्यसपछि नेपालले अलिशान सराफूको विकेट लिएपछि भने खेल नेपालको पक्षमा आउन थालेको हो। उनले भने, ‘हामीले एक विकेट हेरिरहेका थियौँ । असिशान सराफूको विकेट पछि भने खेल हाम्रो पक्षमा आउन थाल्यो ।’

नेपालका लागि आइतबार बलिङ र फिल्डिङमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनले भने, ‘एकदम खुसी छु म विश्वकप पु¥याउन मैले यस्तो प्रदर्शन गरेँ ।’ ओमानको अल अमेरत क्रिकेट स्टेडियममा खेल्दा पनि नेपालको समर्थक पुगेका थिए । कप्तान पौडेलले भने, ‘हाम्रो दुःख र सुख दुवैमा हामीलाई हाम्रो समर्थकले निकै साथ दिनु भएको छ । हामी समर्थकलाई निकै राम्रो उपहार दिन चाहन्छौँ ।’

अब नेपालले सुपर–६ को दोस्रो खेल सोमबार कतारसँग खेल्नेछ । उक्त खेल नेपाली समयअनुसार राति २०ः४५ बजे सुरू हुनेछ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलसन झा र लोकेश बम रहेका छन् ।

आइसिसी टी–२० विश्वकपको १० औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० राष्ट्रको सहभागिता रहने छ ।