केपी ओली आज बुटवल आउँदै

मेचीकाली संवाददाता

३० भाद्र २०७८, बुधबार
613 shares

बुटवल । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जिल्ला स्तरीय कार्यकता भेलालाई सम्बोधन गर्न आज (बुधबार) बुटवल आउने भएका छन् । बुटवल–१३ देवीनगर हुने भेलालाई पार्टी अध्यक्ष ओली सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले रूपन्देहीले जानकारी दिएको छ ।

जिल्लामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकता सहभागी हुने कार्यक्रम रहेको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । एकसाता अगाडि बुटवलमै एमालले प्रदेश कमिटीको बैठक सम्पन्न गरिसकेको छ ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री तथा अर्का उपमहासचिव घनश्याम भुसाललगायतका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले रूपन्देहीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम कायम रहेकोले स्वास्थ्य सावधानी अपनाएर कार्यक्रम हुने अध्यक्ष सुवेदीलेको भनाइ छ । एमाले विभाजन भएपछि पहिलोपटक यति ओलीको उपस्थितिमा पहिलो भेला गर्न लागेको हो । एमाले विभाजनको असर रूपन्देहीमा न्यून छ ।