

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ स्थित विजय टोल विकास संस्थाले आफ्ना गतिविधी समेटिएको स्मारिका बिमोचन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी बुटवल–१३ का जनप्रतिनीधि लालबहादुर गुरुङले स्मारिका बिमोचन गरेका हुन् । वि.सं २०६१ सालदेखि ०८२ असोज मसान्तसम्म संस्थाले आयोजना गरेका गतिविधीहरु समेटेर स्मारिका बिमोचन गरीएको संस्थाका अध्यक्ष यमप्रसाद गैरेले जानकारी दिए ।
उक्त स्मारिकामा संस्थाका संस्थापक अध्यक्ष स्व.होमबहादुर आले, पूर्व अध्यक्ष स्व.विष्णुप्रसाद गौडेल, निर्वतमान अध्यक्ष एकराज पाण्डेको पालामा भएका महत्वपूर्ण विकास निर्माणका कामहरुसँगै वर्तमान अध्यक्ष गैरेको कार्याकालमा भइरहेका कामहरुलाईसमेत समेटिएको संस्थाले जनाएको छ । बुटवल–१३ मा रहेका २५ वटा संस्थामध्ये पहिलोपटक विजयटोलले स्मारिका प्रकाशन गरेको संस्थाले दावि गरेको छ ।
स्मारिकामा २०६१ सालदेखिका माइन्यूट, सहयोगिदाताहरु, संथापकको नामावली, बिभिनन बोद्धिक व्यक्तीहरुका लेख रचना, जीवनीहरु समेटिएको अध्यक्ष गैरेले बताए । यस्तै हाल बनेको संस्थाको भवन, विजय पार्क, पोखरी, साझा चौपारीलाई पनि समेटिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष यमप्रसाद गैरेले संस्थाको आगामी योजनाहरुबारे जानकारी गराए । सचिव दिनानाथ आचार्यले स्मारिकाबारे जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै बुटवल–१३ का जनप्रतिनीधि लालबहादुर गुरुङले विजय टोलले स्थापना कालदेखिनै नमुना काम गर्दै आएको बताउँदै यहाँका अन्य टोलहरुले पनि सिक्नुपर्ने बताए । साथै उनले आगामी दिनमा विजय टोलले सञ्चालन गर्ने कार्यक्रममा सहकार्य गर्ने पतिबद्धता जनाउँदै शुभकामना दिए ।
यस्तै झोलुङ्गे पुल टोल विकास संस्थाका अध्यक्ष केशबराज पौडेल, वेलबोट टोल विकास संस्थाका अध्यक्ष खुमबहादुर कुँवर, जितगढी टोल विकास संस्थाका सचिव कमला पाण्डे, न्यूरेटोल टोल विकास संस्थाका अध्यक्ष मिनराज भुसाल, अर्घाखाँची–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलबासे लगायतले आआफ्नो भनाई राख्दै संस्थाको थप सफलताको शुभकामना दिए ।सोही अबसरमा स्मारिका प्रकाशनमा सहयोग गर्ने १६ जना संस्थाका सदस्यहरुलाई सम्मान गरीएको थियो ।
संस्थाका अध्यक्ष यमप्रसाद गैरेको अध्यक्षता, संस्थाका उपाध्यक्ष ध्रुव सापकोटाको स्वागत तथा स्मारिका प्रकाशन समितिका संयोजक पुनाराम घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।