राष्ट्रिय बाल दिवसमा बालबालिकालाई सहयोग

मेचीकाली संवाददाता

३० भाद्र २०७८, बुधबार
589 shares

कपिलवस्तु । राष्ट्रिय बाल दिवसको अवसरमा बुद्धभुमि नगरपालिकाले बालगृहका बालबालिकाहरूका लागि खाद्य सामाग्रीहरू सहयोग गरेको छ । वाल दिवसको अवसरमा वालबालिकालाई केहि दिन पुग्नेगरि चामल नुन, चिनि अण्डा, फलफुल तेल, दाल, चाउचाउ, लगाएत १८ प्रकारका सामाग्री प्रदान गरेको छ ।

बुद्धभुमी नगरपालिकाका तर्फबाट नगर प्रमुख केशव कुमार श्रेष्ठले नेपाल बाल संगठन कपिलवस्तुका सभापति गोपालमणि ज्ञवालीलाई उक्त खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख श्रेष्ठले बुद्धभुमी नगरपालिकाले बिगतका बर्षहरूमा पनि आर्थिक अनुदान उपलब्ध गराउंदै आएको हुँदा यस बर्ष पनि बालबालिकालाई लक्षित गरि खाद्यान्न सहयोग गरिएको बताए । नगरपालिकाले आवश्यकीय ठाउंमा सहयोग गर्न पाउँदा खुसि लागेको र नगरपालिकाको तर्फबाट आगामी दिनमा वाल गृह संचालनका लागि २ लाख सहयोग गर्ने बताए ।

बुद्धभुमी नगरपालिकाको यो सहयोगले कपिलवस्तु बालगृह संचालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा आफू बिस्वस्त भएको भन्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले नगर प्रमुख केशव कुमार श्रेष्ठ लगायत नगरपालिकालाई धन्यवाद व्यक्त गरेका थिए ।
बाल संगठन कपिलवस्तुका सभापति गोपालमणि ज्ञवालीले बुद्धभुमि नगरपालिकाले सहयोग गरेकोमा धन्यवाद दिए ।